राजा ज्ञानेन्द्र शाहलाई जेल हाल्न र कार्वाही गर्न ८८४ जना सांसदलाई हिम्मत र आँट छ ? 

इनेप्लिज २०८१ फागुन २८ गते २२:१६ मा प्रकाशित

८८४ जना सांसद, नेताहरू, दलेहरु र झोलेहरुले राजा ज्ञानेन्द्र शाहलाई जेल हाल्छु भन्छन जेल हाल्न र कार्वाही गर्न हिम्मत छ ? विक्रम सम्वत २०६२ सालबाट दलेहरुको दलीय सरकार छ । यतिन्जेल के हेरेर बस्यौ ? भुक्ने काम बन्द गर ।

अझै राजा ज्ञानेन्द्र शाहलाई जेल हाल्छु र कार्वाही गर्ने भन्छन राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री के पी शर्मा ओली, विष्णु पौडेल, गोकुल बास्कोटा, शेर बहादुर देउवा, रमेश लेखक, शशांक कोइराला, शेखर कोइराला, गगन थापा, पुष्पकमल दाहाल, बाबुराम भट्टराई, माधव कुमार नेपाल, झलनाथ खनाल, रवि लामिछाने, स्वर्णिम वाग्ले, राजेन्द्र महतो, उपेन्द्र यादव र सीके राउत आदि आदि जस्ता नेताहरू, ६०१ जना सभासद र ८८४ जना सांसद कसैको हिम्मत छ ? हिम्मत र आँट छ भने राजा ज्ञानेन्द्र शाहलाई कार्वाही गरेर देखाउ मेरो चुनौती छ ?

माओवादीका नेताहरू र पुष्पकमल दाहाल प्रचण्ड भन्नेको कत्तिको हिम्मत, हुती र आँट छ भन्ने कुरा पुर्व प्रधानसेनापति रुकमान्द कटुवाल काण्डमा देखियो । पुर्व प्रधानसेनापति रुकमान्द कटुवालको कारण प्रधानमन्त्री पद बाट राजीनामा दिन बाध्य भए अझ राजा ज्ञानेन्द्र शाहलाई नानाथरी र जथाभावी भन्ने तिमीहरू को हौ ?

विक्रम सम्वत २०६२/६३ सालमा राजा ज्ञानेन्द्र शाहले चाहेको भए सबै नेताहरूको के हालत हुन्थियो आज ,राजा ज्ञानेन्द्र शाहले जीवनदान दिए । अब उप्रान्त राजा ज्ञानेन्द्र शाहको धैर्यतालाई कमि कमजोरी कसैले नठाने हुन्छ ।

स्वतन्त्र नेपाली नागरिक:राकेश कुमार शर्मा । जिल्ला मकवानपुर, हेटौंडा उपमहानगरपालिका वडा नम्बर-०२ मोबाइल नम्बर ९८४८०५५७७६, ९८१२४९१३९७ ।

प्रतिक्रिया