एनआरएन अफ्रिका भेन्चर्समा राजिव महर्जन सिईओ

इनेप्लिज २०८१ फागुन २९ गते १०:२३ मा प्रकाशित

काठमाडौं ।अफ्रिकाका गैरआवासीय नेपालीहरु द्वारा स्थापित इन्भेस्टमेन्ट कम्पनी एनआरएन अफ्रिका भेन्चर्स लिमिटेडको नया प्रमुख कार्यकारी अधिकृतमा राजिव महर्जन नियुक्त भएका छ्न ।

नेपालको वित्तिय र लगानीको क्षेत्रमा पन्ध्र बर्ष भन्दा बढीको अनुभव भएका महर्जनले हिमालयन , प्राइम र एनएमबी बैक र मा हाएर पर्चेज लिमिटेडमा कार्य गरि सकेका छन ।

व्यापार ब्यबस्थापनमा स्नातकोत्तर गरेका महर्जनले कम्पनीको पुजी अभिबृद्दी , लगानी बिस्तार लगाएतका रणनीतिक लक्ष्यहरु पूरा गर्न कुशल नेतृत्व गर्नेमा कम्पनी विश्वस्त रहेको कार्यकारी अध्यक्ष हिक्मत थापाले जनाएका छन ।

एनआरएन अफ्रिका भेन्चर्स लिमिटेडले नेपालमा विभिन्न हाइड्रोपावर , आइटी र कृषि उधमहरुमा लगानी गरेको छ ।

प्रतिक्रिया