अमेरिकामा पक्राउ गरि ग्वानटानामो लगिएका बाँकी रहेका सबै आप्रवासीहरूलाई लुजियानामा सारियो

इनेप्लिज २०८१ फागुन २९ गते १०:४६ मा प्रकाशित

अमेरिकामा पक्राउ गरि ग्वानटानामो खाडीमा लगिएका सबै आप्रवासीहरूलाई अमेरिकाको लुजियानामा सारिएको छ । एबिसीन्यूजका अनुसार उनीहरूलाई निर्वासन प्रक्रियाका लागि राखिएको हो । राष्ट्रपति डोनाल्ड ट्रम्पले जनवरीमा ग्वानटानामोमा ३०,००० व्यक्तिका लागि अस्थायी शिविर बनाउन निर्देशन दिएका थिए, तर त्यहाँ पठाइएका आप्रवासीहरूको संख्या केही सयमा मात्र सीमित रहेको कारण अमेरिका ल्याईएको हो ।

रक्षा विभाग तथा आन्तरिक सुरक्षा विभागले ग्वानटानामोलाई भविष्यमा प्रयोग गर्ने वा नगर्ने विषयमा छलफल गरिरहेका छन्। त्यहाँ बनाइएका १९५ पालहरू आइसिइका मापदण्ड अनुसार उपयुक्त नभएकाले प्रयोग गर्न नसकिने बताइएको छ।

रक्षामन्त्री पिट हेगसेथले ग्वानटानामोलाई “सबैभन्दा खतरनाक अपराधीहरू” राख्न उपयुक्त भनेका थिए। तर हालका लागि त्यहाँ आप्रवासी राख्ने सैन्य उडानहरू रोकिने सम्भावना छ।

कांग्रेस सदस्य सारा ज्याकब्सका अनुसार यो योजना ट्रम्प प्रशासनको राजनीतिक देखावटी मात्र थियो, जसमा १६ मिलियन डलर खर्च भयो। उनले प्रत्येक पालको लागत ३.१ मिलियन भए पनि डिएचएस मापदण्डअनुसार उपयुक्त नभएको बताइन्।

अहिले सबै आप्रवासीहरूलाई लुजियाना राज्यको एलेक्जान्ड्रिया सहरमा रहेको आइसिइ केन्द्रमा राखिएको छ।

प्रतिक्रिया