अमेरिकाको कनेक्टिकटमा एक व्यक्ति २० वर्ष आफूलाई कोठामा कैद बनाएको दाबी, आफैले घरमा आगो लगाएर बचाए

इनेप्लिज २०८१ फागुन २९ गते ११:५८ मा प्रकाशित

अमेरिकाको कनेक्टिकट राज्यको वाटरबरि शहरमा २० वर्षसम्म कोठामा बन्दी बनाइएका एक व्यक्ति आगो लगाएर आफूलाई स्वतन्त्र गराउन सफल भएको दाबी गरेका छन्। प्रहरीका अनुसार गत महिना भएको घरमा आगलागीपछि उद्धार गरिएका ३२ वर्षीय पुरुषले पहिलो सहायता टोलीलाई आगो आफूले नै लगाएको बताए।

“मलाई स्वतन्त्र हुनु थियो,” उनले भने। उनले ११ वर्षको उमेरदेखि बन्दी बनाइएको दाबी गरेका छन्।

प्रहरीको अनुसन्धानले देखाए अनुसार उनले दशकौंसम्म दुर्व्यवहार, भोकमरी, चरम उपेक्षा, र अमानवीय यातना सहनुपर्यो। उनलाई कुनै पनि प्रकारको स्वास्थ्य उपचार समेत उपलब्ध गराइएको थिएन।

प्रहरी प्रमुख फर्नान्डो स्पान्गोलोले भने, “यो पीडितले २० वर्षसम्म भोगेको दुखद अवस्था अकल्पनीय छ।”

पीडितका ५६ वर्षीया सौतिनीमा किम्बर्ली सुलिभानलाई अपहरण, आक्रमण, गैरकानुनी नियन्त्रण, क्रुरता, र लापरवाहीपूर्ण जोखिमसहित विभिन्न अभियोग लगाइएको छ। उनी ३,००,००० लाख धरौटीमा थुनामा छिन्।

प्रहरी अनुसार पीडितले कोठामा बन्द रहँदा कागजात प्रयोग गरी आगो लगाएको एबिसीन्यूजले जनाएको छ ।

तर, सुलिभानका वकिलले ती सबै आरोप असत्य भएको दाबी गरेका छन्। “हामी यो मुद्दामा मजबुत प्रतिरक्षा गर्नेछौं,” वकिल इओनिस कालोइडिसले भने।

प्रतिक्रिया