न्यू जर्सी नेपाली समाजद्वारा आयोजित होली कार्यक्रमको मिति परिवर्तन सम्बन्धी सूचना

इनेप्लिज २०८१ फागुन २९ गते २१:३९ मा प्रकाशित

न्यू जर्सी नेपाली समाजले आयोजना गर्ने भनिएको “होली उत्सव” मौसम प्रतिकूलताको कारण आगामी आइतबार, मार्च १६ का सट्टा शनिबार, मार्च १५ मा हुने जानकारी गराउन चाहन्छौं। कार्यक्रम पूर्वनिर्धारित स्थान, समय, र व्यवस्थापन अनुरूप नै सम्पन्न गरिनेछ।

कार्यक्रम विवरण:

📍 स्थान: बौद्ध बिहार (Buddhist Bihar)

ठेगाना: 4299 Route 27, Princeton, NJ 08540

📅 मिति: मार्च १५, शनिबार

⏰ समय: दिउँसो १२:०० बजे – अपराह्न ४:०० बजे

यस कार्यक्रमलाई अझ भव्य र उल्लासमय बनाउनका लागि न्यू जर्सी तथा आसपास क्षेत्रका सम्पूर्ण नेपाली दाजुभाइ-दिदीबहिनीहरूलाई परिवारसहित उपस्थित भई सहभागिता जनाइदिनुहुन विशेष अनुरोध गर्दछौं।
रंग, उमङ्ग, सद्भाव, र नेपाली संस्कृतिको सुगन्धले भरिपूर्ण यो विशेष दिनलाई हामी सबै मिलेर सहकार्य, सद्भाव, र हर्षोल्लासका साथ मनाऔं!

न्यू जर्सी नेपाली समाज

प्रतिक्रिया