“नेपाललाई अब एउटा सच्चा राष्ट्रनायकको खाँचो छ”

कमला प्रसाईं हाल -अमेरिका २०८१ फागुन ३० गते ९:५९ मा प्रकाशित

राजा फेरि आउने दिन नजिकै आउँदैछ भन्छन् अनि धेरै नेपाली जनतालाई हर्ष भएको देखिन्छ किनकि कहिल्यै नभएका घटनाहरु गणतन्त्र आएपछि घटिरहेका छन्! अस्ति मात्रको घटना बिर्सिएकी छैन संसद भवन अगाडि पेट्रोल खनाएर आफ्नो शरीरमा आफै आगो लगाएर यो धर्तीबाट बिदा भए एक इमानदार नेपाली अर्कोतर्फ कोही बैंकको ब्याज तिर्न नसकेर रुखमा झुन्डिएर मर्छन् त कोही खोलामा हाम फालेर मर्छन् त कोही बीस खाएर मर्छन।

छोरी चेलीहरु दिन दहाडै लुटिन्छन्, दुधे बालक छोडेर कोही परिवार पाल्न भनि खाडी मुलुक जान्छन् , यसरी नै दिनहुँ छोराछोरीहरु देशमा अवसर नपाएर बिदेश जान बाध्य छन् , देशमा भएका कल- कारखाना बन्द नभएका भए बिदेश जाने क्रम सायदै कम हुन्थ्यो होला । पढेलेखेका युवाहरूले देशमा नै योग्यता अनुसारको जागिर पाए अर्काको मुलुकमा गएर काम गर्ने इच्छा कसलाई नै हुन्छ र! यस्तै सारा कुराहरु प्रजातन्त्र अनि गणतन्त्र आएपछि हुन्छ भन्ने कसले सोचेको थियो होला र! हिजो प्रजातन्त्रको लागि देशलाई आहुती दिने ती वीर शहिदहरु अनि गणतन्त्र ल्याउन १७००० हजार निर्दोष नेपालीले ज्यान गुमाएका थिए। के यही दिन देख्न थियो र!

आज गणतन्त्र आएपछि दुई राष्ट्रपतिको कार्यकाल सकियो तर देशले कोल्टे फेरेन् झन देशलाई बोझ बोकाउने मात्र काम भएको देखियो, देशमा अहिले तेश्रो राष्ट्रपतिको शासन चलिरहेको छ, यो कसका लागि हो? नेपाली जनताका लागि कि नेताहरुको लागि मात्र?

हिजो बिद्यार्थी जीवनमा बिताएका पलहरु सम्झदा मैले आदरणीय रामचन्द्र पौडेलको पक्षधर हुनुपर्ने हो तर प्रजातन्त्र र गणतन्त्रले जनता र देशको मुहार फेरिएन बरु धरापमा पर्यो! अब मैले कसको पक्ष लिनु?

आफैसङ्ग प्रश्न गर्दैछु – यो लडाई कसको निम्ति हुँदैछ नेपाल मा? नेताहरुको होडबाजीले देश सँधै हारिरहेको छ अनि बिदेशीहरुको हातमा तालाचावी जिम्मा लाउने काम हुँदैछ, अब आफ्नो माटो बचाउने कि नबचाउने? यदि आफ्नो माटो बचाउने हो भने सबै मिली देश बचाउने जिम्मा तपाईं हामीको काँधमा आएको छ।

यस्तै सारा कुराहरु प्रजातन्त्र अनि गणतन्त्र आएपछि हुन्छ भन्ने कसले सोचेको थियो होला र! हिजो प्रजातन्त्रको लागि देशलाई आहुती दिने ती वीर शहिदहरु अनि गणतन्त्र ल्याउन १७००० हजार निर्दोष नेपालीले ज्यान गुमाएका थिए। के यही दिन देख्न थियो र!


अबको नेपालको नेतृत्व छान्दा देशले हार्नु नपरोस्, हरेक साँझ बिहान बिदेशबाट बाकसमा लास ल्याएको हेर्न नपरोस् , आफ्नै देशमा रोजीरोटी गरेर खाने ब्यबस्थाको ताजोपाजो सरकारले छिटोभन्दा छिटो गरोस् , बिदेश गएका नेपालीहरु आफ्नो माटो फर्केर आउने वातावरण बनोस् ।

अन्तिममा जो सरकारमा गएपनि हिजोको जस्तै राष्ट्रपतिको शासनकाल हुन्छ भने चाहिँ बेलैमा बरु राजासहितको प्रजातान्त्रिक मुलुक आजै नै अगाडि बढाएर नेपाल देश बचायौ भने सबैको कल्याण हुनेछ।

हामी जन्मेको, हुर्केको जन्मभूमि हाम्रै सन्ततिको लागि एकादेशको कथा नबनोस्।

कमला प्रसाईं
हाल -अमेरिका

प्रतिक्रिया