समय र काल

इनेप्लिज २०८१ फागुन ३० गते १०:४४ मा प्रकाशित

खगेन्द्र प्रसाद आचार्य

ऎना सानो होस वा ठूलो
थाहा हुन्छ ऎनाको महत्व फुटेपछी,
प्रेमिका होस वा प्रेमिको महत्व,
थाहा हुन्छ दिल टुटेर छुटेपछी ।

एक आपसमा सधै नजिक हुदा,
कसले कसलाइ वास्ता गर्छ र?
यो दुनियाको रित यस्तै छ।
पृत बचाएर हिडनु पर्छ यहाँ।

कोहि हुदैन हरेकपल समाल्ने,
आफुले आफैलाइ समाल्नुपर्छ।
यो यात्रा लामो होस वा छोटो ,
एक्लै हिडन सबैले जान्नु पर्छ ।

हुदैन कोहि हरेकपल खुसी ।
कहिले कहिले दुख सहनु पर्छ ।
रोकिदैन समय कसैको लागि ,
समयको साथ हिडन जान्नु पर्छ।

सानोमा रुमाल लुकाइ खेल्थे,
समयसगै उमेर छिपिदै गयो,
समयलाइ चिन्न नसकेर टाढा भए,
हिजो आज दुख लुकाइ खेल्छु।

समय अदृश्य हतियार हो ।
समयलाइ चिन्ने कोसिस गर ।
जति बलियो धारिलो हुन्छ समय,
त्यति नै भित्र घाउ लगाउन सक्छ।

हेर हरेकपल समयले चटचट,
काटी रहेको छ युगको लम्बाइ ।
अनि समस्त प्राणिको आयु।
समयको रित पृत यस्तै छ ।

समयलाइ हरेक पलपल,
मुल्यवान बनाउने कोसिस गर्दैछु।
समय तिमी लाई कति माया गर्छु?
सास गएपछी मात्र तिम्रोसाथ छोडछु।

उमेर छिप्पिदै जादा अरुलाइ जोख्ने,
तराजु भेटाउदा खुसी भए ।
आफुलाइ हेर्ने ऎना बनेको रहेछ ।
थाहा भएन समय मलाई ।

खुट्टा निदायो मन निदायो ए समय,
आँखा निदाउन सकेन तिम्रो डरले।
हरेक पलपल मार्ने निस्ठुरि
तिमी जस्तो भन्दा समय,
एकैपल्ट मार्ने काल दयालु लाग्यो मलाई ।

खगेन्द्र प्रसाद आचार्य
दुर्गा नगर बिकास समाज
काठमान्डु।

प्रतिक्रिया