नेपालमा को गद्दार र को राष्ट्रवादी छन सबैलाई थाहा छ योगीको विषय लिएर अनावश्यक विरोध किन ?

इनेप्लिज २०८१ चैत १ गते १०:४९ मा प्रकाशित

नेपालमा को राष्ट्रघाती र को राष्ट्रवादी छन प्रायःजसो सबैलाई थाहा छ । आदित्यनाथ योगीको विषय लिएर टीका टिप्पणी र अनावश्यक विरोध किन ?

अन्तर्राष्ट्रिय मुलुकको सरकार, नेताहरू र अन्तर्राष्ट्रिय मुलुकहरु भारत, चीन, अमेरिका, रूस र उत्तर कोरिया जस्ता जस्ता सबै मुलुकको नेताहरू र सांसदहरूलाई थाहा छ हाम्रो मुलुक नेपालमा को को गद्दार र को को राष्ट्रवादी छन एक एक कुराको पहिचान र लेखाजोखा भएको छ । प्रायःजसो सबैलाई थाहा छ । आदित्यनाथ योगीको विषय लिएर अनावश्यक टीका टिप्पणी र विरोध किन ? नेपालीहरुलाई गुमराह र बेवकुफ बनाउन फागुन २५ गते काठमाडौंमा राजसंस्थाको लागि भएको आन्दोलनमा आदित्यनाथ योगीको फोटोलाई लिएर सामाजिक संजालमा अनावश्यक कुराहरु उठान भइ रहेको छ किन ?

कम्युनिस्टहरुको कुरा गरौं । कम्युनिस्टहरुले घर घरमा मार्क्स, लेलिन, स्टालिन र माओसेतुङको फोटोहरु पार्टी कार्यालय, घर घरमा राख्न हुने ? गोरखपुरका महन्त र मठाधिश आदित्यनाथ योगीको फोटोको विषय लिएर अनावश्यक टीका टिप्पणी र विरोध किन ?

राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री के पी शर्मा ओली, विष्णु पौडेल, गोकुल बास्कोटा, शेर बहादुर देउवा, रमेश लेखक, शशांक कोइराला, शेखर कोइराला, गगन थापा, पुष्पकमल दाहाल प्रचण्ड बाबुराम भट्टराई, माधव कुमार नेपाल, झलनाथ खनाल, रवि लामिछाने, स्वर्णिम वाग्ले, राजेन्द्र महतो, उपेन्द्र यादव र सीके राउत आदि आदि जस्ता नेताहरू, ६०१ जना सभासद र ८८४ जना सांसद मध्ये केही राष्ट्रघाती दलालहरु छन भन्ने कुरा झोलेहरु र कार्यकर्ता बाहेक सबैलाई थाहा छ । कोही पनि चोखो हुनु पर्दैन ।

मुलुकमा सरकार परिवर्तनका लागि नेपालका प्रायःजसो नेताहरू भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र उत्तर प्रदेशका मुख्यमन्त्री आदित्य नाथ योगी देखि लिएर भारतको सांसदहरू र भारतको नेताहरूलाई औषधि उपचारको बहानामा लुकिछुपी कसरी भेट गर्न जान्छन सबैलाई थाहा छ । काठमाडौंमा उपचार गर्ने ठाउँ छैन र ? अब मुलुकमा राजसंस्था फर्कने भो राजसंस्था आएपछि बिताउने नै भो भनेर शेर बहादुर देउवा पत्नी आर्जु राणाको प्रस्थान भारत भएको छ किन र के कारण आर्जु राणा भारत पुगिन प्रायःजसो सबैलाई थाहा छ । यसकारण नेपालका केही नेताहरू र केही सांसदहरूले आफुलाई राष्ट्रवादी कदापि नठाने हुन्छ ।

स्वतन्त्र नेपाली नागरिक:राकेश कुमार शर्मा । जिल्ला मकवानपुर, हेटौंडा उपमहानगरपालिका वडा नम्बर-०२ मोबाइल नम्बर ९८४८०५५७७६, ९८१२४९१३९७ ।

प्रतिक्रिया