अमेरिकाको विभिन्न राज्यहरुमा आएको घुम्रपात (टोर्नाडो )को कारण कम्तिमा १८ जना मानिसहरूको मृत्यु भएको छ । आँधीतुफान र बर्षाको कारण मिजोरी टेक्सस र अर्कान्सासका भागहरूमा रातभरि क्षति गरेको अधिकारीहरुले बताएका छन्।
मिजोरीका ओजार्क, बटलर, वेन र जेफरसन काउन्टीहरूमा गम्भीर मौसमका कारण ११ जनाको मृत्यु भएको राज्य राजमार्ग गस्तीले जनाएको छ।
अर्कान्सासको इन्डिपेन्डेन्स काउन्टीमा तीन जनाको मृत्यु भएको राज्य आपतकालीन व्यवस्थापन विभागले बताएको छ। टेक्ससमा चार जनाको मृत्यु भएको अधिकारीहरूले शनिबार बताए ।
राज्य आपतकालीन अधिकारीहरूका अनुसार अर्कान्सासका आठ काउन्टीहरूमा कम्तीमा २९ जना घाइते भएका छन् ।
त्यसको अतिरिक्त, २३८,७९२ ग्राहकहरू पाँच राज्यहरूमा बिजुली विहीन छन् । बिजुली बिच्छेद भएका राज्यहरुमा मिजोरी, इलिनोइस, इन्डियाना, टेक्सस र अर्कान्सास रहेको पावरआउटेज डटकमले जनाएको छ ।
प्रतिक्रिया