राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार हस्ताक्षर गरेको कार्यकारी आदेशमार्फत बाइडेन प्रशासनका १९ कार्यकारी आदेशहरू रद्द गरेका छन्। यी आदेशहरू मुख्य रूपमा लिङ्ग नीतिहरू, श्रम नीति, र उद्योग नियमहरू सम्बन्धी थिए।
यस आदेशसँगै ट्रम्पले बाइडेनद्वारा जारी झन्डै १०० कार्यकारी आदेश उल्टाइसकेका छन्। ह्वाइट हाउसद्वारा जारी विज्ञप्तिअनुसार राष्ट्रपति ट्रम्प बाइडेन प्रशासनका हानिकारक नीतिहरू पुनरावलोकन गरी खारेज गर्न प्रतिबद्ध छन्, जसले अमेरिकालाई नयाँ ‘सुनौलो युग’ तर्फ लैजान मद्दत गर्नेछ।”
रद्द गरिएका प्रमुख आदेशहरू यस प्रकार रहेका छन् ।
१ ) विदेश नीति र लिङ्ग सम्बन्धी नीति:ट्रम्पले बाइडेनको त्यो आदेश खारेज गरेका छन्, जसले अमेरिकी कूटनीति र विदेशी सहायता कार्यक्रमहरूमा “राडिकल जेंडर आइडियोलोजी” (चरम लिङ्ग विचारधारा)लाई प्राथमिकता दिएको थियो।
२ ) ऊर्जा नियमहरू: ट्रम्पले विद्युतीय हिट पम्प र सोलार (सौर्य )प्यानल अनिवार्य गराउने बाइडेन प्रशासनको नीति उल्टाएका छन्।
हीट पम्प एक बहुउपयोगी र वातावरणमैत्री प्रविधि हो, जुन घर वा भवनहरूको तापक्रम नियन्त्रण गर्न प्रयोग गरिन्छ। बाइडेन प्रशासनले यसलाई प्रवर्द्धन गर्न अनिवार्य बनाउने नीति ल्याएको थियो, तर ट्रम्प प्रशासनले उक्त अनिवार्यता हटाइदिएको छ।
सोलार प्यानल एक प्रकारको उपकरण हो, जसले सूर्यको प्रकाशलाई विद्युत ऊर्जामा रूपान्तरण गर्छ।
त्यस्तै सौर्य प्यानल एक स्वच्छ, हरित, र दीर्घकालीन ऊर्जा समाधान हो। बाइडेन प्रशासनले यसको अनिवार्य प्रयोग बढाउने नीति ल्याएको थियो, जसलाई ट्रम्प प्रशासनले उल्टाएको छ।
३ )श्रम नीतिहरू: उनले संघीय ठेकेदारहरूको न्यूनतम तलब १५ प्रति घण्टा पुर्याउने बाइडेनको आदेश खारेज गरेका छन्।
ट्रम्प प्रशासनले बाइडेनका अन्य श्रम र उद्योगसम्बन्धी नीतिहरूको पनि पुनरावलोकन गरिरहेको बताइएको छ।
प्रतिक्रिया