न्यायाधीशद्वारा अस्थायी रुपमा भेनेजुएलाका नागरिकहरूलाई देशनिकाला गर्नबाट अस्थायी रोक

इनेप्लिज २०८१ चैत १ गते २०:४८ मा प्रकाशित

एक अमेरिकी संघीय न्यायाधीशले अस्थायी रुपमा भेनेजुएलाका नागरिकहरूलाई देशनिकाला गर्नबाट अस्थायी रोक लगाएका छन् ।

न्यायाधीशले हालै ट्रम्प प्रशासनलाई १८औं शताब्दीको विदेशी शत्रु ऐन प्रयोग गरेर पाँच जना भेनेजुएलाका नागरिकहरूको देशनिकाला गर्नबाट अस्थायी रूपमा रोक लगाएका छन् ।

यस मुद्दामा अमेरिकी नागरिक स्वतन्त्रता संघ तथा अग्र प्रजातन्त्र जस्ता संगठनहरूले मुद्धा दायर गर्दै ट्रम्प प्रशासनले विदेशी शत्रु ऐनलाई प्रयोग गरेर कुनै पनि भेनेजुएलाका नागरिकलाई बिना तथ्य गिरोह सदस्यको रूपमा आरोप लगाउदै देशनिकाला गर्न खोजेको आरोप लगाएका छन् ।

न्यायाधीश जेम्स ई. बोआस्बर्गले दुई हप्ताका लागि यस्तो देशनिकाला रोक्न आदेश जारी गरेका छन् । सबै भेनेजुएलाका नागरिकहरूको सुरक्षाका लागि यो आदेश विस्तार गर्नेबारे निर्णय गर्न अर्को सुनुवाइ तोकेका छन्।

यसैबीच, एल साल्भाडोरले अमेरिकी प्रशासनसँगको सम्झौतामा ३०० जना ट्रेन दे अरागुवा गिरोहका सदस्यहरूलाई आफ्नो आतंकवाद नियन्त्रण केन्द्रमा कम्तीमा एक वर्षका लागि राख्न सहमत भएको छ।

प्रतिक्रिया