अमेरिकामा आएको खतरनाक घुम्रपात ( टोर्नाडो)को कारण मृत्यु हुनेको संख्या ३३ पुग्यो ,खोजी कार्य जारी

इनेप्लिज २०८१ चैत २ गते ९:५७ मा प्रकाशित

अमेरिकाका बिभिन्न राज्यहरुमा आएको खतरनाक घुम्रपात ( टोर्नाडो)को कारण मृत्यु हुनेको संख्या ३३ पुगेको छ ।

मिसिसिपीमा घुम्रपात ( टोर्नाडो)आएको कारण थप ६ जनाको मृत्यु भएको छ । सिएनएनले जनाए अनुसार एक जनाको कोविङ्टन काउन्टीमा, दुई जना एकै घरमा जेफरसन डेविस काउन्टीमा र तीन जना वाल्थल काउन्टीमा मृत्यु भएको गभर्नर टेट रिव्सले बताए । गभर्नरले शनिबार साँझ आपतकालीन अवस्था घोषणा गरे।

उनले मृत्यु हुने सबैलाई प्रार्थना गर्न आह्वान गरेका छन् । साथै बेपत्ता भएकाहरुको समेत खोजी कार्य जारी रहेको र घाइते भएकाहरुको उपचार भइरहेको उनले सामाजिक संजाल एक्समा लेखेका छन् ।

रिव्सका अनुसार तीन जना बेपत्ता भएका छन् । मिसिसिपीमा भरि २८ जना घाइते भएका छन् । कोविङ्टन काउन्टीमा १५ जना ,जेफरसन डेविस काउन्टीमा १ र पाइके काउन्टीमा दुई र वाल्थल काउन्टीमा १० जना घाइते भएको अधिकारीहरूले बताए। साथै शनिबार राति सम्म १४,००० भन्दा बढी मानिसहरू अझै बिजुली बिहिन रहेका छन्

घुम्रपात ( टोर्नाडो) ,आँधी तथा हुरीबतासको कारण मिजोरीमा १२ ,क्यान्ससमा ८ , अर्कान्सासमा ३ ,मिसिसिपीमा ६,टेक्ससमा ३ र ओक्लाहोमा १ जनाको मृत्यु भएको छ ।

यसै सम्बन्धित लेखिएका समाचारहरु क्रमस :

प्रतिक्रिया