स्पेसएक्स क्रु -१० अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रमा पुगेको छ । नौ महिना पछि भारतीय मूलकी सुनीता विलियम्स र बुच विलमोर अन्ततः पृथ्वी फर्कने भएका छन् । उनीहरु अन्तरिक्षबाट पृथ्वीमा आउने भएका छन् । उनीहरुलाई घर फर्कने बाटो खुलेको छ ।
नासाका सुनी विलियम र विच विलमोरलाई घर फर्कने मौका दिने गरी अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशनमा जिम्मेवारी सम्हाल्ने नयाँ टोली आइपुगेका छन्। उनीहरूको छोटो यात्रा नौ महिनासम्म लम्बिएको थियो ।
क्रु -१० मिसन जुन नासा र स्पेसएक्सद्वारा संयुक्त रूपमा सञ्चालित नियमित कर्मचारी परिवर्तन कार्यक्रमको हिस्सा हो । ग्गत शुक्रबार साँझ ७:०३ बजे अमेरिकी पूर्वीय समय अनुसार फ्लोरिडाको केनेडी स्पेस केन्द्रबाट प्रक्षेपण गरिएको थियो।
जसमा चार जना अन्तरिक्षयात्रीहरूलाई अन्तरिक्ष गएका थिए । यो बिशेष कार्य (मिशन )अन्तर्गत नासाका एनी म्याकलेन (प्रमुख ) र निकोल आयर्स (बिमान चालक , जापानका टाकुया ओनिसी र रुसका किरिल पेस्कभ अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्र (आइएसएस ) रहेका छन् ।
यी चार अन्तरिक्षयात्रीहरू आइतबार बिहान १२:०४ अमेरिकी पूर्वीय समयमा अन्तरिक्ष केन्द्रमा पुगे। अब उनीहरू केही दिन जिम्मेवारी हस्तान्तरण प्रक्रियामा बिताउनेछन् ।
यदि सबै योजना अनुसार भयो भने विलियम्स ,विलमोर लगायत ४ जना मार्च १९ सम्ममा क्रु-९ मा चढेर पृथ्वी फर्कनेछन्।
नासाले क्रु-९ का अन्तरिक्षयात्रीहरूलाई आइतबार फर्काउने योजना बनाएको थियो।
प्रतिक्रिया