ट्रम्पको आदेशपछि भ्वाइस अफ अमेरिकाका सबै स्थायी कर्मचारीहरू बिदामा पठाइए ; मुख्यालयमा प्रवेश रोक

इनेप्लिज २०८१ चैत २ गते १२:२१ मा प्रकाशित

सरकारबाट वित्तीय सहायता प्राप्त भ्वाइस अफ अमेरिकाका सबै स्थायी कर्मचारीहरूलाई प्रशासनिक बिदामा राखिएको छ। शनिबार भिओएका कर्मचारीहरूलाई यसबारे सूचित गरिएको थियो।

यो निर्णय राष्ट्रपतिडो नाल्ड ट्रम्पको नयाँ कार्यकारी आदेशपछि आएको हो जसले अमेरिकी विश्वव्यापी मामिला संचार निकाय (मिडिया एजेन्सीयूएस एजेन्सी अफ ग्लोबल अफेयर्स मिडिया (युएसएजिएम) )तथा अन्य सरकारी निकायहरूमा ठूलो कटौती गर्ने निर्देशन दिएको छ।

अचानक सूचना, भ्वाइस अफ अमेरिकाको मुख्यालयमा प्रवेश रोक :

सिबिएसन्यूजका अनुसार भ्वाइस अफ अमेरिकाका सम्पूर्ण स्थायी कर्मचारीहरू, सम्बाददाता देखि वरिष्ठ व्यवस्थापकहरूसम्मलाई शनिबार बिहान क्रिस्टल जी. थोमस (युएसएजिएम)का मानव संसाधन निर्देशकबाट पठाइएको बिधुतिय डाक (इमेल)मार्फत प्रशासनिक बिदामा राखिएको जानकारी पाए।

भ्वाइस अफ अमेरिकाकाका पूर्णकालिक करार कर्मचारीहरूलाई भने सूचना दिइएको थिएन, किनभने उनीहरूको करार आगामी जुन महिनामा समाप्त हुँदैछ।यद्यपि, केही समयपछि भ्वाइस अफ अमेरिकाका व्यक्तिगत सेवा ठेकेदारहरूले पनि संघीय कर्मचारीहरू सरह नै बिदाको सूचना प्राप्त गरेका छन्

शनिबार बिहानदेखि भ्वाइस अफ अमेरिकाको वाशिंगटन, डिसी मुख्यालयमा प्रवेश निषेध गरिएको छ।

भ्वाइस अफ अमेरिका का स्वतन्त्र व्यक्तिहरू र मासिक करारमा रहेका पत्रकारहरू पनि काम रोक्न बाध्य भएका छन्, किनभने तिनीहरूलाई भुक्तानी गर्ने कुनै माध्यम बाँकी छैन।

केही भ्वाइस अफ अमेरिकाका कर्मचारीहरूलाई समाचार वाचन तथा समाचार कक्ष जान लाग्दा उनीहरूलाई फर्किनुहोस्, घर जानु होस् भनि रोकिएको थियो।

यो कदम राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार अबेर हस्ताक्षर गरेको कार्यकारी आदेश पछि आएको हो।

प्रतिक्रिया