अमेरिकी सेनाले यमनको हुथी विद्रोहीहरू विरुद्ध आक्रमण गरेको श्रब्यदृश्य( भिडियो )सार्वजनिक गरेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्देशनमा भएको “निर्णायक” सैन्य कारबाहीमा ३० भन्दा बढीको मृत्यु भएको छ भने १०० भन्दा बढी घाइते भएका छन्।
इरान समर्थित हुथी समूहले नियमित रूपमा लाल सागरमा जलमार्गहरू लक्षित गर्दै आएको छ, जसले विश्वव्यापी व्यापारमा असर पुर्याएको छ। अमेरिकी सेनाले यो आक्रमणलाई रणनीतिक प्रतिकारको रूपमा चित्रित गरेको छ।
यमनको पछिल्लो घटनाक्रमले क्षेत्रीय तनाव बढाएको छ भने अमेरिका र हुथी विद्रोहीहरूबीचको द्वन्द्व झनै चर्किने संकेत देखिएको छ।
प्रतिक्रिया