भारतीय नागरिक अजय पाल सिंह कालरालाई अमेरिकामा पक्राउ गरिएको छ ।
४४ वर्षीय अजय पाल सिंह कालरा जो भारतका नागरिक हुन् उनि लुइभिल केन्टकीमा पक्राउ परेका छन्। उनलाई नाबालिगसँगको यौन दुर्व्यवहार , धम्की, र आक्रमणको अभियोगमा दोषी ठहर गरिएको थियो।
आईसिई शिकागोको नेतृत्वमा गरिएको संयुक्त अपरेशन अन्तर्गत कालरालाई पक्राउ गरिएको हो। यसअघि नै उनलाई यस वर्ष अमेरिकाबाट निष्कासन गर्ने आदेश जारी गरिएको थियो।
अधिकारीहरूले उनलाई कानुनी प्रक्रिया पूरा गरी अमेरिका बाहिर पठाउने तयारी गरिरहेका छन्।
प्रतिक्रिया