अमेरिकामा हराएकी छोरी २५ वर्षपछि मेक्सिकोमा फेला परिन ,डीएनए परीक्षणले गर्यो पुनर्मिलन

इनेप्लिज २०८१ चैत ३ गते १०:०४ मा प्रकाशित

अमेरिकाको कनेक्टिकट राज्यबाट २५ वर्षअघि हराएकी एक बालिका अन्ततः आफ्नै परिवारसँग पुनर्मिलन भएको छ। न्यू हेभन प्रहरीको सहयोगमा एन्ड्रिया रेयेस लाई फेला पारिएको हो । उनि अब २७ वर्षकी भइसकेकी छिन् । उनलाई मेक्सिकोमा फेला पारिएको प्रहरीले जनाएको छ ।

१९९९ को अक्टोबर महिनामा २ वर्षकी एन्ड्रियालाई उनको जैविक आमा रोजा टेनोरियोले अपहरण गरी मेक्सिको लगेकी थिइन्। लामो अनुसन्धानपछि, आधुनिक डीएनए परीक्षण प्रविधिको प्रयोग गरी एन्ड्रियाको पहिचान पुष्टि गरिएको हो।

मार्च १२ मा आयोजित पत्रकार सम्मेलनमा एन्ड्रियाका बाबु-आमाले भावुक हुँदै भने, “हाम्रो छोरीलाई २५ वर्षपछि भेट्न पाउँदा हामी अत्यन्तै खुसी छौं। यो पुनर्मिलन सजिलो नहुन सक्छ, तर हामी भगवानले हामीलाई सही बाटो देखाउनुहुन्छ भन्नेमा विश्वस्त छौं।”

प्रहरीका अनुसार, २०२३ मा एन्ड्रियाले आफुलाई बाबु ठानेका व्यक्तिसँग सम्पर्क गरेकी थिइन्। त्यसपछि प्रहरी अधिकारीले डीएनए परीक्षणमार्फत उनको वास्तविक परिवार पत्ता लगाउन सफल भए।

हराएका बालबालिकाको खोजी गर्ने संस्था नेशनल सेन्टर फर मिसिङ एन्ड एक्सप्लोइटेड चिल्ड्रेन (एनसिएमइसि )का अनुसार परिवार-अपहरण अमेरिका भरि दोश्रो सबैभन्दा धेरै हुने अपहरण प्रकार हो।

प्रतिक्रिया