लाल सागर सीमामा बढ्दो तनावका बीच यमनका हुथी विद्रोही समूहले पुन: अमेरिकी युद्धपोतहरूलाई लक्षित गर्दै आक्रमण गरेको दाबी गरेका छन्। अमेरिकी सेनाले पनि हुथीहरू विरुद्ध लगातार हवाई आक्रमण जारी राखेको बताएको छ।
हुथी प्रवक्ताले सोमबार युएसएस ह्यारी ट्रुम्यान र अन्य युद्धपोतहरूमा १८ वटा क्षेप्यास्त्र र मानव रहित यान (ड्रोन )आक्रमण गरेको” दाबी गरेका छन्। अमेरिकी सेनाले यसबारे प्रत्यक्ष प्रतिक्रिया नजनाए पनि, सेन्ट्रल कमान्डले “इरान समर्थित होथी आतङ्ककारीहरू विरुद्ध कारबाही जारी रहेको” भन्दै एक श्रब्यदृश्य (भिडियो ) प्रकाशन गरेको छ।
पछिल्ला २४ घण्टामा अमेरिकी नौसेनालाई लक्षित गरी दोश्रो पटक आक्रमण गरिएको हो। यसअघि हुथीहरूले “इजरायली सम्बन्ध भएका जहाजहरू लाल सागर सीमा प्रवेश गर्न नपाउने”घोषणा गरेका थिए।
अमेरिकाले हुथीहरूको यस घोषणालाई गम्भीर रूपमा लिँदै शनिबार यमनमा व्यापक हवाई आक्रमण गरेको थियो। रोयटर्सका अनुसार, ती आक्रमणमा कम्तीमा ५३ जनाको मृत्यु भएको छ भने धेरै घाइते भएका छन् । जसमा महिला र बालबालिका समेत छन्।
यमनको होथी-समर्थित समाचार संस्था साबाका अनुसार होडेडा बन्दरगाह शहरमा दुईवटा नयाँ हवाई आक्रमण भएका छन्। यसैबीच, अमेरिकाले सादा शहरमा निर्माणाधीन क्यान्सर अस्पतालमा आक्रमण गरेको बताइएको छ।
लाल सागर सी मार्फत एसिया-युरोप व्यापारमा गम्भीर असर परेको छ। सुएज नहर हुँदै जानुपर्ने जहाजहरू अफ्रिकाको लामो बाटो प्रयोग गर्न बाध्य भएका छन् सले तेल बजारमा पनि प्रभाव पारेको छ।
कच्चा तेलको मूल्य ०.६% ले बढेर $७०.९९ प्रति ब्यारेल पुगेको छ।
प्रतिक्रिया