न्यायाधीशको आदेश अवज्ञा गर्दै देशनिकाला गरिएकी ब्राउन विश्वविद्यालयकी चिकित्सकको सुनुवाइ रद्ध

इनेप्लिज २०८१ चैत ३ गते १८:३८ मा प्रकाशित

अमेरिकी संघीय न्यायाधीशले ब्राउन विश्वविद्यालयकी एक चिकित्सकको सोमबार बिहानको सुनुवाइ रद्ध गरेका छन्। उनलाई न्यायाधीशको आदेशविपरीत लेबनान निर्वासित गरिएको थियो।

न्यायाधीश लियो सोरोकिनले अमेरिकी सीमाशुल्क तथा सीमा सुरक्षा अधिकारीहरूले उनका आदेश “जानीजानी” अवज्ञा गरेका थिए वा थिएनन् भनी स्पष्टिकरण मागेका थिए। 

तर, सरकारी वकिलहरूले चिकित्सक राशा अलावेह आइतबार नै अमेरिका छोडिसकेको बताएका छन्।

चिकित्सक अलावेह, जो रोड आइल्यान्डस्थित ब्राउन विश्वविद्यालयमा सहायक प्राध्यापक तथा प्रत्यारोपण विशेषज्ञ थिइन् । 

बिहीबार बोस्टनको लोगान विमानस्थलमा पक्राउ परेकी थिइन्। 

उनका परिवारले उनको गिरफ्तारीविरुद्ध अदालतमा निवेदन दिएका थिए, जसपछि न्यायाधीशले उनलाई अमेरिकाभित्रै राख्न आदेश दिएका थिए।

उनको देशनिकालाले अमेरिकी आप्रवासन नीति, कानुनी आदेशहरूको पालना, र संघीय अधिकारीहरूको भूमिकाबारे प्रश्न उठाएको छ।

प्रतिक्रिया