झापाली समाज अमेरिकाको लागि थप ३ सदस्यहरूको मनोनयन

इनेप्लिज २०८१ चैत ३ गते २२:१४ मा प्रकाशित

झापाली समाज अमेरिकाले झापा घर भई अमेरिकामा बिभिन्न क्षेत्रमा सलग्न प्रतिष्ठित ३ जना ब्यक्तित्वहरूलाई सल्लाहकारको पदमा मनोनयन गरेको छ ।

यसरी मनोनीत हुनेहरूमा डा. परशुराम दाहाल -टेक्सास ,बादल भुजेल – टेक्सास र प्रदिप तिम्सिना – टेक्सास रहनु भएको छ ।

यस अघी झापाली समाज अमेरिकाले डा शम्भु ढुंगाना – क्यालीफोर्नीया, डा दिनेश मैनाली – टेक्सास, डा मदन उप्रेती – भर्जिनिया, डा गोपी उप्रेती – भर्जिनिया, अन्तरराष्ट्रिय झापाली समाजका हालका अध्यक्ष मुकुन्द ढुंगाना – क्यालीफोर्नीया, ईन्जा ( पत्रकारहरूको सस्था ) का अध्यक्ष गुणराज लुइटेल – भर्जिनिया, एनआरएन भर्जिनिया अध्यक्ष बिशाल कार्की – भर्जिनिया तथा एएनएका हालका अध्यक्ष खगेन्द्र अधिकारी, प्रेम सँग्रौला, हेम पाठकलाई मनोनीत गरिसकेको छ।

आगामी अप्रिल ११ र १२ तारिख, २०२५ मा वासिङ्टन डिसीमा हुने चौथो क्षेत्रिय झापाली सम्मेलनमा यो सल्लाहकार समिती निक्कै सक्रीय र भब्य सफल पार्न महत्वपूर्ण भूमिका खेल्ने बिश्वास गरिएको छ ।

उक्त सल्लाहकार समितीमा बिगतका कार्यकालका सल्लाहका हरू यथाबत नै हुनुहुन्छ भने केही नयाँ थप हुनुभएको छ ।

प्रतिक्रिया