चौथो क्षेत्रिय अन्तरराष्ट्रिय झापाली सम्मेलन अप्रिल ११ र १२ तारिख, २०२५ मा अमेरिकामा हुने

इनेप्लिज २०८१ चैत ३ गते २२:२६ मा प्रकाशित

आगामी  अप्रिल ११ १२ तारिख, २०२५  मा अमेरिकामा हुने भएको

अन्तरराष्ट्रिय   झापाली समाज को चौथो क्षेत्रिय झापाली  सम्मेलनमा भाग लिनका लागि अमेरिका लगायत अष्ट्रेलिया, बेल्जियम, जापान, कतार, नेपाल  आदी विश्वका बिभिन्न देशबाट झापाली ब्यक्तित्वहरु सम्मिलित भइ झापा र नेपालमा शिक्षा, संस्कृति  र पर्यटन  क्षेत्रमा लगानीका सम्भावनाको अध्ययन गर्दै स्थानीय रोजगारी प्रबर्द्धन गर्ने बारे पनि छलफल हुनेछ । 

उक्त सम्मेलनमा, आफ्नो ब्यवसाय र सेवा बारे बिज्ञापन दिएर वा प्रायोजन गरेर वा अन्य सहयोग गरेर वा अतिथि वा आयोजक का रुपमा भाग लिएर वा सम्पूर्ण  कार्यमा  सहयोगगर्नका लागि सबैमा हार्दिक अनुरोध गर्दछौ । अन्तरराष्ट्रिय  झापालीहरुसँगको भेटघाट  र बिबिध बिषयमा हुने यो अवसरलाई  नगुमाउनु होला ।

यो झापालीहरुको महा कुम्भमा भाग लिनका लागि  झापाली लगायत सम्पूर्ण नेपालीलाई  हार्दिक अनुरोध गर्दछौ ।

कार्यक्रमको विवरण यस प्रकार रहेको छ: 

कार्यक्रम

मिती : अप्रिल ११ र १२,  २०२५

समय :  बिहान १० : ००  – ७ : ०० बजे सम्म  हुनेछ । 

स्थान :  Double tree by Hilton McLean Tysons

Address: 1960 Chain Bridge Rd, McLean,VA 22102 USA

बिषय :  बिबिध बिषयमा, बिभिन्न चरणमा कार्यक्रमहरू  हुनेछन् ।

           कार्यक्रममा  लन्चको पनि ब्यवस्था गरिएको छ । यस्का लागि सहयोग स्वरूप एक जनाको $ १००।०० दुई जनाको १५०।०० अपेक्षा  राखिएको छ। होटेल बुकिङका लागि होटेलमा सिधै  संपर्क गर्न पनि अनुरोध गर्दछौ ।

आयोजक : झापाली समाज अमेरिका तथा अन्तरराष्ट्रिय  झापाली समाज

सीता पाण्डे    –    मोहन  उप्रेती   –  मुकुन्द  ढुंगाना

सयोजक              –  अध्यक्ष      –          अध्यक्ष

 झापाली समाज यु यस ए    – झापाली समाज यु यस ए   –  अन्तरराष्ट्रिय झापाली समाज

प्रतिक्रिया