अमेरिकी न्यायाधीशद्वारा भेनेजुएलाली गिरोह सदस्यको निर्वासन रोक्दा न्यायाधीशलाई महाभियोगको लगाउने माग

इनेप्लिज २०८१ चैत ३ गते २२:५५ मा प्रकाशित

अमेरिकी संघीय न्यायाधीश जेम्स बोस्बर्गले राष्ट्रपति डोनाल्ड ट्रम्पको आदेशमा भइरहेको भेनेजुएलाली गिरोह सदस्यहरूको छिटो निर्वासन १४ दिनका लागि रोक लगाएका छन्। यस कदमको विरोध गर्दै टेक्ससका रिपब्लिकन सांसद ब्रान्डन गिलले बोस्बर्गविरुद्ध महाभियोगको प्रस्ताव दर्ता गर्ने घोषणा गरेका छन्।

ओबामाद्वारा नियुक्त न्यायाधीश जेम्स बोसबर्गले शनिबार ट्रम्पको भेनेजुएला गिरोहका सदस्यहरूलाई द्रुत रूपमा देश निकाला गर्न रोक्ने आदेश जारी गरेपछि महाभियोगको मुद्धा उठेको हो ।

यो विवादास्पद मुद्दा बिदेशी शत्रु ऐन अर्थात् ऐलियन एनिमिज ऐक्ट (१७९८) सँग सम्बन्धित रहेको छ, जुन युद्धकालमा राष्ट्रपतिको शक्तिलाई बलियो पार्ने कानुन हो। यो ऐन अन्तिम पटक दोस्रो विश्वयुद्धमा प्रयोग गरिएको थियो। ट्रम्प प्रशासनले उक्त ऐनको प्रयोग गर्दै भेनेजुएलाली गिरोह, विशेषगरी कुख्यात ट्रेन डे अरागुआ समूहका सदस्यहरूलाई तत्काल देश निकाला गरेको छ । गिरोहहरुलाई एल साल्भाडोर पुर्याई सकेको छ ।

तर, अमेरिकी नागरिक स्वतन्त्रता संघ र डेमोक्रेसी फर्वार्ड नामक कानुनी समूहले मुद्दा दायर गरी अमेरिका हाल ‘घोषित युद्ध’ को अवस्थाबाट गुज्रिरहेको छैन भन्दै तर्क गरेका छन् । उनीहरुले यो ऐनको प्रयोग अवैध छ भनि मुद्धा उठाएका छन् ।

यसैबीच बिश्व कै धनाढ्य व्यक्ति इलन मस्कले गिलको महाभियोग प्रस्तावलाई समर्थन जनाउँदै सामाजिक सञ्जाल एक्स मा “आवश्यक” भनेर प्रतिक्रिया दिएका छन्।

यो कानुनी लडाइँ अब सर्वोच्च अदालतसम्म पुग्ने सम्भावना छ भने ट्रम्प प्रशासनले हालै न्यायाधीशको आदेश विपरीत २५० जना भेनेजुएलाली गिरोह सदस्यहरूलाई एल सल्भाडोर पठाइसकेको छ।

प्रतिक्रिया