ट्रम्प प्रशासन नयाँ यात्रा प्रतिबन्धबारे छलफल गर्दै, तर निर्णय अझै भएको छैन

इनेप्लिज २०८१ चैत ४ गते ०:४६ मा प्रकाशित

राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले ४० भन्दा बढी देशमाथि सम्भावित यात्रा प्रतिबन्ध लगाउने विषयमा छलफल गरिरहेको छ, तर कुनै निर्णय भएको छैन। ह्वाइट हाउसका एक अधिकारीले सोमबार फक्स न्यूज अङ्किय (डिजिटल)लाई दिएको जानकारी अनुसार यात्रा सीमित गर्ने सम्भावना भए पनि अन्तिम टुंगो लागि सकेको छैन।

रातो सूचीमा ११ वटा देश :

जस अनुसार रातो सूची मा ११ वटा देश परेका छन् । जस अनुसार अफगानिस्तान, इरान, क्यूबा, भूटान, लिबिया, उत्तर कोरिया, सोमालिया, सिरिया, सुडान, भेनेजुएला, र यमनलाई पूर्णरूपमा अमेरिका प्रवेशमा रोक लगाइनेछ। यी देशहरू “रातो” श्रेणीमा पर्नेछन्, जसमा यात्रा पूर्ण रूपमा प्रतिबन्धित हुनेछ।

सुन्तला सूचीमा : रुस र पाकिस्तान

रूस र पाकिस्तान लगायतका केही देशहरूमा भने पूर्ण प्रतिबन्ध नलागे पनि कडाइ गरिएको प्रवेशाज्ञा ( भिसा) प्रक्रियाका कारण अमेरिका जान कठिन हुनेछ। यी देशहरूलाई “सुन्तला” श्रेणीमा राखिने बताइएको छ।

पहेंलो सूचीमा:

अफ्रिकाका विभिन्न देशहरू तथा सेन्ट लुसिया, सेन्ट किट्स र नेभिस, एण्टिगुवा र बार्बुडा जस्ता क्यारिबियन राष्ट्रहरूलाई “पहेंलो” सूचीमा राखिएको छ। यी देशहरूले करिब दुई महिनाभित्र सुरक्षा नीति परिवर्तन नगरेमा “सुन्तला” वा “रातो” सूचीमा पर्न सक्नेछन्।

यसैबीच, विदेश बिभागकी प्रवक्ता टामी ब्रुसले सोमबार पत्रकार सम्मेलनमा कुनै निश्चित सूची ननभएको स्पष्ट पारिन्। “हाल कुनै सूची तयार भइसकेको छैन, हामी समीक्षा प्रक्रियामा मात्र छौं,” उनले भनिन्।

ट्रम्प प्रशासनले आफ्नो पहिलो कार्यकालमा इरान, सोमालिया, सुडान, सिरिया, यमन, इराक र लिबियाका नागरिकमाथि यात्रा प्रतिबन्ध लगाउने कार्यकारी आदेश जारी गरेको थियो, जसलाई केही कानुनी चुनौतीहरू सामना गर्नुपरेको थियो। विपक्षीहरूले यसलाई “मुस्लिम प्रतिबन्ध” भनेका थिए, तर ट्रम्पले यो कदम आतंकवाद रोक्न आवश्यक भएको दाबी गरेका थिए।

प्रतिक्रिया