ट्रम्पले हन्टर र एश्ली बाइडेनको गोप्य सुरक्षा हटाए

इनेप्लिज २०८१ चैत ४ गते १:०५ मा प्रकाशित

राष्ट्रपति डोनाल्ड ट्रम्पले पूर्व राष्ट्रपति जो बाइडेनका वयस्क सन्तानहरु हन्टर बाइडेन र एश्ली बाइडेनलाई दिइएको गोप्य सेवा (सिक्रेट सर्भिस) सुरक्षा हटाउने घोषणा गरेका छन्।

ट्रम्पले सोमबार आफ्नो सामाजिक संजाल ट्रुथ सोसलमा प्रकाशित गर्दै हन्टर बाइडेनलाई “धेरै लामो समय” सम्म सुरक्षा दिइएको भन्दै आपत्ति जनाए।

हन्टर बाइडेनको सुरक्षामा १८ जना गुप्तचर खटिएका छन्, जुन हास्यास्पद हो!” ट्रम्पले सामाजिक संजालमा लेखे। “यसै क्षणदेखि लागू हुने गरी, हन्टर बाइडेनले अब गोप्य सुरक्षा पाउने छैनन्।

उनकी बहिनी एश्ली बाइडेनको सुरक्षा पनि हटाइने भएको छ। ट्रम्पका अनुसार एश्लीको सुरक्षामा १३ जना गुप्तचरखटिएका थिए।

राष्ट्रपतिले हन्टर र एश्ली बाइडेनको सुरक्षा हटाउने निर्णय गरेका छन् भन्ने जानकारी हामीलाई छ, गुप्तचर सेवाले फक्स न्यूजलाई प्रतिक्रिया दिँदै भन्यो। “हामी यो निर्णय कार्यान्वयन गर्न ह्वाइट हाउससँग मिलेर काम गरिरहेका छौं।”

संघीय कानुन अनुसार पूर्व राष्ट्रपतिहरू र उनीहरूका जीवनसाथीहरूले जीवनभर सुरक्षा पाउँछन्। तर, उनीहरूका १६ वर्षभन्दा माथिका सन्तानलाई प्रदान गरिएको सुरक्षा उनीहरू पदत्याग गरेपछि हटाइने व्यवस्था छ। ट्रम्प र बाइडेन दुवैले आफ्ना सन्तानका लागि यो सुरक्षा सेवा छ महिना बढाएका थिए।

प्रतिक्रिया