अन्तरिक्षमा करिव ९ महिना देखि अड्किएका भारतीय मूलकी सुनिता सहित अन्य यात्रीहरु मंगलबार साँझ फ्लोरिडा उत्रिने भएका छन् ।
नासाका अन्तरिक्ष यात्री बुच विलमोर र भारतीय मूलकी सुनी विलियम्स करिब नौ महिनापछि अन्ततः पृथ्वी फर्किरहेका छन्। उनीहरू मंगलबार बिहान १:०५ बजे अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रबाट पृथ्वी फर्कने यात्रा सुरु गरेका छन्।
विलमोर र विलियम्ससँगै नासाका अर्का अन्तरिक्ष यात्री निक हेग र रुसी अन्तरिक्ष यात्री अलेक्जान्डर गोर्बुनोभ पनि स्पेसएक्स क्याप्सुल(आवरण)मा पृथ्वी फर्किंदैछन्। उनीहरू मंगलबार बेलुका ५:५७ बजे फ्लोरिडा तटमा अवतरण गर्ने अपेक्षा गरिएको छ।
अन्तरिक्ष केन्द्रबाट प्रस्थान गर्नु केही घण्टा अघि राष्ट्रपति डोनाल्ड ट्रम्पले नासाका कार्यवाहक प्रशासक जेनेट पेट्रोसँग समन्वय गरेको बताए ।
ट्रम्पले पूर्व राष्ट्रपति जो बाइडेनमाथि टिप्पणी गर्दै उनले विलमोर र विलियम्सलाई “बिर्सिएको” आरोप लगाए। उनले इलन मस्क र स्पेसएक्सको संलग्नताको बारेमा पनि चर्चा गरे।
स्पेसएक्सको ड्रागन क्याप्सुल(अन्तरिक्ष यान आवरण )ले मंगलबार बिहान १:०५ बजे अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रबाट सफलतापूर्वक प्रस्थान गरिसकेको छ।
विलमोर र विलियम्स गत जुन २०२४ देखि आइएसएसमा फसेका थिए। उनीहरूको लक्ष्य एक हप्ताको लागि मात्र योजना गरिएको थियो, तर बोइङ स्टारलाइनरको प्राविधिक समस्याका कारण उनीहरूलाई फर्काउन ढिलाइ भएको थियो।
स्पेसएक्सको क्रू-१० टोली (अर्थात् अन्तरिक्ष चालक टोली)जसमा नासाका अन्तरिक्ष यात्री एन म्याक्लेन र निकोल आयर्स, जापानी अन्तरिक्ष निकायका टाकुया ओनिशी, र रुसी अन्तरिक्ष यात्री किरिल पेस्कोभ सामेल छन् । उनीहरु आइतबार आइएसएस पुगेका थिए। उनीहरूले विलमोर र विलियम्सलाई प्रतिस्थापन गर्नेछन्।
ट्रम्पले निष्कर्षमा भने, “सुरक्षा पहिलो प्राथमिकता हो, र उच्चतम मापदण्डहरू अपनाइएका छन्। आठ दिनको लक्ष्य आठ महिनामा परिणत भएको छ, अब फर्किने समय आएको छ। म बुच र सुनीलाई भेट्न प्रतीक्षारत छु, र नासा र जेनेट पेट्रोलाई फेरि धन्यवाद दिन चाहन्छु!”
प्रतिक्रिया