वासिङ्टन, डी.सी. – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग युक्रेन युद्ध अन्त्य गर्ने विषयमा कुराकानी गरिरहेको ह्वाइट हाउसले जनाएको छ। वार्ता जारी रहेको फक्सन्यूजले जनाएको छ ।
यो टेलिफोन(दूरवार्ता) बिहान १०:०० पूर्विय समयमा सुरु भएको थियो। ह्वाइट हाउसका प्रवक्ता ड्यान स्काभिनोका अनुसार, “वार्ता राम्रो भइरहेको छ र अझै जारी छ।” उनले बिहान १०:५४ मा अध्यावधिकमा वार्ता जारी रहेको बताए, र ११:३२ सम्म पनि वार्ता जारी रहेको पुष्टि गरे।
यो वार्ता युक्रेनमा जारी युद्धको समाधान खोज्ने प्रयासको रूपमा हेरिएको छ। तर, यसको परिणामबारे थप विवरण आउन बाँकी छ।
प्रतिक्रिया