प्रधान न्यायाधीश जोन रोबर्ट्सद्वारा ट्रम्पलाई कडा प्रतिक्रिया: “न्यायाधीशको महाभियोग उपयुक्त समाधान होइन”

इनेप्लिज २०८१ चैत ४ गते १७:०९ मा प्रकाशित

अमेरिकी सर्वोच्च अदालतका प्रधान न्यायाधीश जोन रोबर्ट्सले मंगलबार एक दुर्लभ सार्वजनिक प्रतिक्रिया दिँदै राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा संघीय न्यायाधीशको महाभियोगको मागलाई अस्वीकार गरेका छन्।

उनले एक विज्ञप्तिमा भने, “दुई शताब्दीदेखि, न्यायिक निर्णयहरूप्रति असहमति जनाउने प्रतिक्रिया स्वरूप महाभियोग उपयुक्त उपाय होइन भन्ने मान्यता स्थापित भइसकेको छ।”

अमेरिकी संघीय न्यायाधीश जेम्स बोस्बर्गले राष्ट्रपति ट्रम्पको आदेशमा भइरहेको भेनेजुएलाली गिरोह सदस्यहरूको छिटो निर्वासन १४ दिनका लागि रोक लगाए पछि यो महाभियोगको सवाल चुलिएको हो।

यस कदमको विरोध गर्दै टेक्ससका रिपब्लिकन सांसद ब्रान्डन गिलले बोस्बर्गविरुद्ध महाभियोगको प्रस्ताव दर्ता गर्ने घोषणा गरेका थिए ।

ओबामाद्वारा नियुक्त न्यायाधीश जेम्स बोसबर्गले शनिबार राष्ट्रपति डोनाल्ड ट्रम्पको भेनेजुएला गिरोहका सदस्यहरूलाई द्रुत रूपमा देश निकाला गर्न रोक्ने आदेश जारी गरेपछि महाभियोगको मुद्धा उठेको हो ।

ट्रम्पले एक न्यायाधीशलाई कट्टरपन्थी वामपन्थी “उन्मत्त” व्यक्ति भन्दै उनीप्रति तीव्र आक्रोश समेक व्यक्त गरेका पछि सर्वोच्चका न्यायाधिशले मुख खोलेका हुन्।

प्रधान न्यायाधीश रोबर्ट्सको यो प्रतिक्रिया असाधारण मानिन्छ, किनकि सर्वोच्च अदालतका न्यायाधीशहरू प्रायः सार्वजनिक रूपमा राजनीतिक विषयमा बोल्दैनन्। 

तर, ट्रम्पको निरन्तर न्यायपालिका विरोधी अभिव्यक्तिले न्यायिक स्वतन्त्रतामाथि खतरा उत्पन्न गरेको संकेत गर्दै रोबर्ट्सले आफ्नो धारणा सार्वजनिक रूपमा राखेका हुन्।

ट्रम्प र न्यायपालिका बीचको यो विवाद नयाँ होइन। राष्ट्रपति रहँदा समेत उनले बारम्बार न्यायाधीशहरूमाथि आक्रमण गरेका थिए, विशेष गरी जब उनीहरूको निर्णय उनको नीतिहरू वा व्यक्तिगत कानुनी मुद्दाहरूको विपक्षमा हुन्थ्यो। 

प्रतिक्रिया