२५ करोड अवैध रकम बरामदको घटना संसदमा प्रवेश गरेको छ। मंगलबार नेपाल प्रहरीले टोखा नगरपालिका-१ झोर क्षेत्रबाट बरामद २५ करोड बढी विदेशी मुद्रासहित पक्राउ परेका व्यक्ति सार्वजनिक गरेपछि संसदमा खैलाबैला मच्चिएको हो। बुधबार बसेको प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा रामहरि खतिवडाले उक्त विषय उठाउँदै घटनाको गहिरो अनुसन्धान गरी दोषीमाथि कडा कारबाहीको माग गर्नुभयको छ ।नेपाली कांग्रेस सांसद रामहरि खतिवडाले २५ करोड बराबरको अवैध विदेशी मुद्रा बरामद प्रकरणमा मुख्य दोषीसम्म पुग्ने गरी अनुसन्धान गर्न माग गरे। खतिवडाले विभिन्न प्रकरणमा ड्राइभर, भरिया पक्रने र मालिकसम्म नपुग्ने प्रवृत्ति देखिएको भन्दै मुख्य व्यक्तिसम्म पुगेर कारबाही गर्नुपर्नेमा जोड दिए।
‘नेपाल सरकारले हिजो सिन्धुपाल्चोकका कुसान लामाले हाँकेको एउटा ट्रकबाट २५ करोड नेपाली रुपैयाँ बराबरको युरो र डलर समात्न सफल भएकोमा सरकारलाई धन्यवाद दिन चाहन्छु। कहिले सुन तस्करीका रूपमा त कहिले डलर तस्करीका रुपमा प्रयोग हुने ड्राइभर र भरियाहरूलाई समाउने। जो धनी छ उनीहरू कहाँ नपुग्ने। यो प्रवृत्तिलाई अन्त्य गर्न सरकारसँग माग गर्दछु। कहिले १८ किलो सुन, कहिले ३३ किलो सुनका नाममा यसैगरी विभिन्न भरिया र ड्राइभरलाई पक्रिने र मालिकसँग नपुग्ने प्रवृत्ति हिजोका दिनमा देखिएको थियो। अहिले पनि सरकार त्यसैगरी गहिरो अनुसन्धानसम्म नपुगेर यिनै ड्राइभर र भरियालाई समातेर मुख्य व्यक्तिलाई समात्न नसके फेरि आँखामा छारो हालजस्तो देखिन पुग्छ,’ उनले भने, ‘त्यसैले सरकार यस्ता तस्करीका नाइकेहरूसँग पुगोस् जुन तहको भए पनि कारबाहीको दायरामा ल्याओस्।
प्रतिक्रिया