युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले राष्ट्रपति डोनाल्ड ट्रम्पसँग थप प्याट्रियट क्षेप्यास्त्र प्रणालीको अनुरोध गरेका छन् । विदेशसचिव मार्को रुबियो र राष्ट्रिय सुरक्षा सल्लाहकार माइक वाल्ट्जद्वारा जारी भएको वार्तालापको विवरण अनुसारट्रम्पले उनलाई “विशेषगरी युरोपमा उपलब्ध रहेका प्रणालीहरू” खोज्न मद्दत गर्ने बताएका हुन् ।
यस वक्तव्यमा दुई नेताहरूले “आफ्ना रक्षा टोलीहरूबीच निकट रूपमा जानकारी साझा गर्ने सहमति जनाएका” उल्लेख गरिएको छ। ह्वाइट हाउसकी संचार सचिव क्यारोलिन लेभिटले आजको पत्रकार सम्मेलनमा पहिलो पटक वक्तव्य पढ्दै प्रतिरक्षा सम्बन्धी जानकारी अमेरिका र युक्रेनबीच साझा गरिने बताइन।
ट्रम्पले “युक्रेनको विद्युत आपूर्ति र आणविक ऊर्जा संयन्त्रहरू” बारे पनि छलफल गरेका थिए । साथै उनले अमेरिकी स्वामित्वको सुझाव दिएका थिए।
“अमेरिकाले ती कारखानाहरू सञ्चालन गर्न विद्युत र उपयोगिता विशेषज्ञता मार्फत धेरै सहयोग गर्न सक्छ। ती कारखानाहरूको अमेरिकी स्वामित्व युक्रेनको ऊर्जा पूर्वाधारको लागि सबैभन्दा राम्रो सुरक्षा हुनेछ,” वक्तव्यमा उल्लेख छ।
ट्रम्पले हिजो रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग भएको टेलिफोन(दूरभाष) वार्तालापको पूर्ण जानकारी जेलेन्स्कीलाई दिएका थिए। वक्तव्यअनुसार, दुवै राष्ट्रहरूले “ऊर्जासम्बन्धी आंशिक युद्धविराम” मा सहमति जनाएका छन्।
“आगामी दिनहरूमा प्रविधि टोलीहरू साउदी अरेबियामा भेट्नेछन् । युद्धविरामलाई कालो सागर सम्म विस्तार गर्ने विषयमा छलफल गर्नेछन्। उनीहरूले यो पूर्ण युद्धविराम र सुरक्षा सुनिश्चित गर्न पहिलो कदम हुन सक्छ भन्ने सहमति जनाए। राष्ट्रपति जेलेन्स्कीले ट्रम्पको नेतृत्वका लागि आभार व्यक्त गरे ।वाल्ट्ज र रुबियोले बताए अनुसार जेलेन्स्कीले पूर्ण युद्धविराम अपनाउने आफ्नो इच्छाशक्ति पुनः व्यक्त गरे ।
प्रतिक्रिया