अमेरिकाको कनेक्टिकटमा २० वर्षसम्म आफ्नै घरमा बन्धक बनाएर राखिएका ३२ वर्षीय युवकको उद्धार भएको छ। स्थानीय प्रहरीका अनुसार उनले भाग्नका लागि आगलागी गर्नु परेको थियो। उद्धारको समयमा ती युवकको तौल केवल ६८ पाउन्ड (३१ किलो) थियो । चरम भोकमरीमा राखिएको र यातना दिइएको थियो ।
पीडितका अनुसार, उनको सौतेनी आमा किम्बर्ली सुलिभानले ११ वर्षको उमेरदेखि उनलाई कोठामा बन्द गरेर राखेकी थिइन्। प्रहरी अनुसन्धानका क्रममा कोठामा बाहिरबाट ताल्चा लगाइएको पाइएको थियो। एबिसीन्यूजका अनुसार उनलाई न शिक्षा दिइयो न त कुनै स्वास्थ्य उपचार । २ दशक सम्म कोठामा राखिएको थियो ।
सुलिभानलाई प्रहरीले गिरफ्तार गरेको छ, तर उनको वकिलले आरोप अस्वीकार गर्दै युवकका दिवंगत पिताले यस्तो वातावरण सिर्जना गरेको दाबी गरेका छन्।
यस घटनापछि सेफ ह्याभेन अफ ग्रेटर वाटरबरीनामक संस्थाले पीडितका लागि कोष संकलनअभियान सुरु गरेको छ, जसअन्तर्गत अहिलेसम्म १०० ,००० भन्दा बढी रकम संकलन भइसकेको छ। यो रकम उनको स्वास्थ्य उपचार, मानसिक परामर्श, कानुनी सहायता र नयाँ जीवन सुरु गर्न प्रयोग गरिनेछ।
यो घटनाले समाजमा रहेका गम्भीर दुर्व्यवहार उजागर गरेको छ, जसले थप न्यायिक सुधारको आवश्यकता देखाएको छ।
प्रतिक्रिया