डोमिनिकन गणराज्यमा हराएकी पिट्सबर्ग विश्वविद्यालयकी छात्रा सुदिक्षा कोनाँकीलाई अन्तिम पटक देखेका व्यक्ति जोशुआ स्टीवन रीबे बुधबार साँझ अमेरिका फर्किएका छन्। उनलाई १० दिनसम्म त्यहाँ रोकिएको थियो।
२२ वर्षीय रीबे जो मिनेसोटाको सेंट क्लाउड राज्य विश्वविद्यालयका विद्यार्थी हुन् । स्थानीय समय अनुसार साँझ ५:३९ बजे जेटब्लू उडान मार्फत सान्टो डोमिङ्गोबाट अमेरिका प्रस्थान गरेको सिएनएनलाई स्रोतहरूले बताएका छन्।
डोमिनिकन अधिकारीहरूले कोनाँकीको हराइरहेको घटनामा अनुसन्धानका क्रममा रीबेको राहदानी जफत गरेका थिए। मंगलबार न्यायालयले उनलाई देश छोड्ने अनुमति दिएको थियो, तर राहदानी नभएकाले उनी तुरुन्तै जान सकेनन्। बुधबार अमेरिकी दूतावासले उनलाई नयाँ राहदानी उपलब्ध गराएपछि उनले अमेरिका फर्किने अवसर पाए।
कोनाँकी गत मार्च ६ मा पुण्टा काना स्थित रिउ रपब्लिका होटल (अतिथिगृह) बाट समुद्र तर्फ गएको त्यहाँ जडान भएका चित्रग्राहिणी श्रब्यदृश्य (फुटेज)मा देखिएको थियो। उनका परिवारले डोमिनिकन अधिकारीहरूलाई उनलाई मृत घोषित गर्न अनुरोध गरेका छन्, किनकि अनुसन्धानकर्ताहरूले उनको डुबेर मृत्यु भएको हुन सक्ने निष्कर्ष निकालेका छन्। कुनै आपराधिक संलग्नताको प्रमाण नभेटिएको परिवारको पत्रमा उल्लेख छ।
रीबेले मंगलबार अदालती सुनुवाइमा आफूलाई गलत रूपमा थुनिएको भन्दै अमेरिका फर्किन पाउनुपर्ने आग्रह गरेका थिए। “म घर जान चाहन्छु, मेरो परिवारलाई भेट्न चाहन्छु,” उनले अदालतमा भनेका थिए।
पुरानो समाचार हेर्न यहाँ थिच्नु होला :
प्रतिक्रिया