मलाई गद्य कविता बनाएर दराजमा थन्क्याए
लाग्छ कि म दराजभित्र लुकाएको डायरी थिएँ
सायद दराज बाहिर मेरो दृष्टि पर्ने भए म राज्यभार
सम्हाल्ने कविता बनेर डायरीका पन्ना भर्ने थिएँ। उ
नीहरूले म र मेरो दिमागलाई कैद गरे
लाग्छ कि म देशद्रोही थिएँ
एउटा इतिहास थिएँ म
जसले शासकका गाथाहरुलाई हुबहु सुनाउँदै इतिहासको गवाही दिएँ।
मलाई नजरबन्द पर्दाको बखत मेरा नजरले हिंसा देखेछ
हो म अपराधी थिएँ जसले एउटा नारीको अस्तित्व
धनसँग तौलने चाटुकारलाई फर्केर हेरें।
प्रतिक्रिया