ट्रम्प प्रशासनले पेन्सलभेनिया विश्वविद्यालयको ट्रान्सजेन्डर(परालैङ्गिक ) खेलाडी नीतिका कारण १७५ मिलियन डलर संघीय अनुदान रोक्ने निर्णय गरेको छ। ह्वाइट हाउसले बुधबार सामाजिक सञ्जाल एक्स मार्फत यो घोषणा गरेको हो।
एक्स प्रकाशनमा विश्वविद्यालयले “महिलाहरुलाई पुरुषहरूसँग खेल्न बाध्य बनाइरहेको” आरोप लगाइएको छ। ट्रम्पको प्रसिद्ध नारा प्रोमिसेस मेड ,प्रोमिसेस केप्ट अर्थात् प्रतिज्ञा गरिन्छ, प्रतिज्ञा पूरा गरिन्छ लेखिएको छ ।
पेन्सलभेनिया विश्वविद्यालयका प्रवक्ताले अनुदान रोकिएकोबारे संचार माध्यम (मिडिया)मा आएको समाचारबारे जानकारी रहेको बताए। तर, विश्वविद्यालयले अहिलेसम्म कुनै आधिकारिक सूचना वा विस्तृत विवरण प्राप्त नगरेको बताए।
पेन्सलभेनियाले सधैं एनसिएए र आइभी लिगका नीतिहरू अनुसरण गर्दै आएको छ,” प्रवक्ताले बिधुतिय मार्फतमार्फत जानकारी दिए। “हामी अतीतमा पनि, र अहिले पनि, एनसिएएतथा आइभी लिगका अन्य विश्वविद्यालयहरूसँग मिलेर सबै नियमहरूको पूर्ण पालना गरिरहेका छौं।”
राष्ट्रपति डोनाल्ड ट्रम्पले गत महिनामा परालैङ्गिक (ट्रान्सजेन्डर) महिलाहरूलाई महिला खेलकुदमा प्रतिस्पर्धा गर्न रोक लगाउने कार्यकारी आदेशमा हस्ताक्षर गरेका थिए।
उक्त आदेशमा परालैङ्गिक (ट्रान्स )महिलालाई “पुरुष” को रूपमा उल्लेख गरिएको थियो। साथै, परालैङ्गिक महिलाहरूको सहभागिताले महिलाहरूका लागि खेलकुद “अनुचित, खतरनाक, र अपमानजनक” हुने दाबी गरिएको थियो।
उक्त आदेशमा, “संयुक्त राज्य अमेरिकाको नीति भनेको सबै शैक्षिक कार्यक्रमहरूबाट कोष कटौती गर्नु हो, जसले महिलाहरूलाई उचित खेलकुद अवसरबाट वञ्चित गर्छ, उनीहरूलाई जोखिममा पार्छ, अपमानित गर्छ, र उनीहरूको गोपनीयता खोस्छ,” भन्ने उल्लेख गरिएको छ।
प्रतिक्रिया