अमेरिकाको मिशिगनको एक अस्पतालमा गोलीकाण्ड, संदिग्ध फरार

इनेप्लिज २०८१ चैत ६ गते १४:१२ मा प्रकाशित

अमेरिकाको मिशिगन राज्यको ट्रोय शहरको कोरवेल हेल्थ ब्यूमोन्ट ट्रय अस्पतालमा बिहान गोलीकाण्ड भएको छ। 

प्रहरीका अनुसार यो एक एकल घटना भएको बताइएको छ। 

घटनामा एक जना घाइते भएका छन् भने उनलाई आपतकालीन कक्षमा उपचार गरिँदैछ।

संदिग्ध व्यक्ति अझै फरार रहेकोले अधिकारीहरूले जनतालाई उक्त क्षेत्रबाट टाढा रहन आग्रह गरेका छन् । 

घटनास्थलमा ठूलो संख्यामा प्रहरी परिचालित छन् भने अनुसन्धान जारी रहेको एपीले जनाएको छ।

 

प्रतिक्रिया