तालिबानद्वारा दुई वर्षसम्म बन्धक बनाइएका अमेरिकी नागरिक मुक्त

इनेप्लिज २०८१ चैत ६ गते १५:२६ मा प्रकाशित
Screenshot

अमेरिकी नागरिक जर्ज गलेजम्यानलाई तालिबानले दुई वर्षभन्दा बढी समय बन्धक बनाएर राखेपछि अन्ततः मुक्त गरेको छ। ६५ बर्षिय गलेजम्यान, जो जर्जियाको एटलान्टाका बासिन्दा हुन् भने उनि डेल्टा विमानसेवाको यान्त्रिक(मेकानिक )थिए।

सन् २०२२ को डिसेम्बरमा अफगानिस्तान भ्रमण गर्ने क्रममा पक्राउ परेका थिए।

उनी कतारी अधिकारीहरू र ट्रम्प प्रशासनका वार्ताकार एडम बोह्लरको पहलमा मुक्त भएका हुन्। अमेरिकी विदेश विभागले कतार सरकारलाई मध्यस्थताको लागि धन्यवाद दिएको छ।

गलेजम्यानको बन्दी बनाइएको घटनाले अमेरिकामा व्यापक चासो पाएको थियो। अमेरिकी कङ्ग्रेसका दुवै सदनले उनको रिहाइको माग गर्दै प्रस्ताव पारित गरेका थिए।

यसअघि तालिबानले अन्य दुई अमेरिकी नागरिक रायन कोर्बेट र विलियम म्केन्टीलाई अफगान तालिबान सदस्य खान महम्मदसँगको कैदी साटासाटमा मुक्त गरेको थियो। 

प्रतिक्रिया