झट्ट आँखै अगाडी ताज महल देख्दाको त्यो क्षण !

शशी के.सी २०८१ चैत ६ गते २१:१९ मा प्रकाशित

कति रहर पुग्न बर्षौं लाग्ने रहेछ । ताज महल घुम्ने रहर सन् २०१७ मा जुर्र्यो । अरू अनगिन्ती ठाउँ घुम्ने रहर अझै बाँकी नै छ । ती पनि समयसँगै पक्कै पुरा हुने नै छन् ।

बलिउडको श्याम श्वेत होस वा रंगीन सिनेमामा हिरो हिरोनीले ताज महलको अगाडी नाँचेको दृश्य हेरेर हुर्केको पुस्ता हामी , उबेला कल्पनामा त तेस्तै नाचेर कति पटक आफ्नो सपनाको राजकुमार/ राजकुमारीसँग त्यहा पुगियो होला गनेर साध्यै छैन । चंन्चले उमेरमा सबैको बिचार त्यस्तै हुन्छ नै । कल्पनामा रमाउने र दंग पर्ने !

तेस्तै कहिलेकाहीं स्कुल, कलेजका साथीहरूसँग रमाईला र ठट्टा हावा कुरा गर्दै रमायौं पनि । तर प्रत्यक्ष पुग्न पाईएको थिएन । केही साथीहरू पछि भारतमा पढ्न बस्दा घुम्न पुगे । उनीहरूले ताजमहल घुमेको बर्णन गरेको सुन्दा र फोटोहरू हेर्दा आफु पनि आजै पुग्न पाए हुने भनेर भुतुक्कै हुन्थें म । तर बर्षौं लाग्यो त्यहा आफु घुम्ने दिन जुर्न मेरो चाहीं । ल अब पुगेर आएपछि मैले घुम्दाको मेरो अनुभव लेख्दैछु ।

नेपालबाट अमेरिका आउने क्रममा एकदिन र एकरात दिल्लीको होटेलमा बसेर अर्को दिन बिहानैको फ्लाईटबाट फर्कने मिलाएर “ ताज महल” घुम्ने समय जुराएका थियौं ।

हामी बर्षौं विदेश बस्नेहरू जतिसक्दो नेपाल नै जान र घुम्न मन पराउँछौं । आफ्नो देश , आफ्ना सबै तेतै छन् । हुरूक्कै हुन्छ नेपाल जान मन लागेर बेलावखत ! भारत जाने भनेको त धार्मिक भ्रमण, धर्म गर्न, त्यो पनि कतै , कहिले कुनै दुख पर्दा गरेको भाकल पुरा गर्न नगई नहुने भएर मात्र नै हो । पर्यटक भएर नेपालीले भारत घुम्न पुगेको त्यति थाहा छैन । आजकल बरू केही नेपाली चाहीं स्वास्थ जचाउन र संतानहरू भारत पढाउन राखेको हुनाले लिन / पुर्याउन , जाँदा / आउँदा नजिकैको प्रसिद्ध ठाउँ फुत्त घुम्न पुग्छन् । केही कुर्ता , साडी , नक्कली गरगहना व्यापार गर्ने नेपाली व्यापारीहरू सामानको अडर गर्न / लिन पनि भारत पुग्ने गरिरहेका हुन्छन् । कति चाहीं कुनै विवाह समारोहमा भाग लिन पुग्छन् ।

सन् २०१७ नोभेम्बर महिना , दिल्लीबाट एका बिहानै रिजर्भ गरेको गाडीबाट आगरामा रहेको “ताज महल” हेर्न हुंईकियौं । लगभग पाँच घण्टा लाग्ने रहेछ पुग्न । जाडो महिना , बाटोभरी हुस्सु लागेको थियो । जाँदाजाँदै बाटोमा इन्डिया गेट पर्यो। त्यहा एकछिन गाडी रोकेर फोटोहरू पनि खिंचे ।त्यसपछि गाडी लाग्यो आगरा । गाडीबाट विहान सुर्य उदाउन लागेको दृष्य त यति राम्रो देखियो भनि साध्यै छैन् । झन् मेरो त पहिलो भारत भ्रमण तेसै मन रमाएको , जे देख्दा पनि खुसी ।

बाटोमा नोइडा शहर देखियो । मिर्मिरे घामको उज्यालोमा अग्लाअग्ला घरहरू देख्दा अमेरिकाको आर्लिङटन शहर नै याद दिलायो । अर्को गज्जब चाहीं हाई वे त ठ्याक्कै अमेरिकाको जस्तै पो रहेछ । सरर दोहोरो आउने/ जाने गाडी व्यवस्थित तरीकाले कुदिरहेका, बाटोमा साईन बोर्डहरू राम्रोसँग राखेको र रोडको पिच पनि राम्रोसँग बनाएको रहेछ ।

गाडीबाट विहान सुर्य उदाउन लागेको दृष्य त यति राम्रो देखियो भनि साध्यै छैन् । झन् मेरो त पहिलो भारत भ्रमण तेसै मन रमाएको , जे देख्दा पनि खुसी ।

दुई घण्टापछि बाटो छेउमा पर्ने खाजा खाने ठाउँमा रोकियौं । माटोको गिलासमा मसला चिया , छोले भटुरे , पुरी चना आलु आदी तातो नास्ता खायौं । पसलको छेउमा राजस्थानी पहिरनमा बन्जाडा एउटा फुच्चे केटो नाँचिरहेको र बाउ चाहीं बिनबाजा बजाई रहेको देखें । एकछिन हेरेर केही भारू रूपैंया दिंए । खुसी भयो।

त्यसपछि गाडी आगरा ताजमहलतिर लाग्यो । गाडीबाट बृन्दावन जाने बाटो पनि देखियो । समय कम हुनाले तेता चाहीं लागिएन । आगरा लगभग साढे दश बजे पुगियो । आफुलाई त कहिले हेरूँ भएको , छिटोछिटो टिकट काट्न गईं । भारतिय, सार्क देश र अन्त्य देशको पर्यटकलाई बेग्लाबेग्लै रेटमा टिकट किन्नु पर्ने रहेछ। टिकट लिएर फटाफट ताजमहलको गेटतिर लागें ।

गेटमा टिकट देखाएर भित्र के पसेको थिएँ । आखैं अगाडी सेतो संगमरमरको बडेमाको ताजमहल झ्वाट्ट देख्दा त एकछिन केही नबोली हेरेको हेर्य भएँ म त ! अझ घाम लागेको दिन थियो । उज्यालोमा त झनै टल्लल टल्किरहेको पो देखें । बर्षौं देखि आउन चाहेको ठाउँ , सिनेमामा भन्दा त आफैले हेर्दा त कति राम्रो कति बयान नै गर्न सक्दिन। त्यो क्षणको अनुभव गर्न त आफै नपुगि हुन्न ।

ताजमहल , मुगल राजा शाहजहांले आफ्नो प्रिय पत्नी मुमताज बेगमको मृत्युपछि उनको संम्झनामा बनाउन लगाएका थिए भनिन्छ । ताज महललाई प्रेमको प्रतीककोरूपमा पनि लिईन्छ । संसारको सातौं आश्चर्य मध्य “ ताजमहल “ पनि एक हो ।

ताज महल पुगेपछि फोटो नखिच्ने त कुरै भएन । मन लागुन्जेल जताततै फोटो खिच्दै मुख्य भवन हेर्न गएं । ताज महल अगाडी रहेको बेन्चमा सबैले फोटो खिच्छन् । तेंहा पनि दुईचारवटा फोटो खिंचे। मुख्य भवन भित्र पस्न लाईन लाग्नु पर्र्यो । संसारभरबाट पर्यटक आएका थिए । सेतो मार्बलले बनेको भवन अति नै कलात्मक रहेछ । मुगल समय झल्काउने जताततै ।

ताजमहल , मुगल राजा शाहजहांले आफ्नो प्रिय पत्नी मुमताज बेगमको मृत्युपछि उनको संम्झनामा बनाउन लगाएका थिए भनिन्छ । ताज महललाई प्रेमको प्रतीककोरूपमा पनि लिईन्छ । संसारको सातौं आश्चर्य मध्य “ ताजमहल “ पनि एक हो ।

र बाहिर छतमा पनि घुम्यौं ।त्यहाबाट पछाडी बग्ने यमुना नदी देखियो । अनि पर शाहजंहाको रातो “आगरा फोर्ट दरबार “ पनि निक्कै राम्रोसँग देखिने रहेछ । लगभग दुई घण्टा ताजमहलमा बिताएर लन्च खान शहर पस्यौं।बाटो चाहीं असाध्यै जाम हुने रहेछ शहरभित्र । केही सजाउने सामानहरू पनि किन्यौं ।आगराको प्रसिद्ध मिठाई “ पेठा “ जुन लौकाको टुक्रालाई चिनीको चास्नीमा डुबाएर बनाएको हुन्छ । त्यो पनि किनेर खाँए ।

ताजमहल हेरेपछि शाहजहांको आगरा फोर्ट दरबार नहेरी त अधुरो नै हुने भो यो भ्रमण । समय कम भएपनि त्यहा जानै पर्र्यो । बरू किनमेल गर्न छोडेर त्यतै गयौं । हाम्रो गाडीको ड्राईवर त कमिसन पाउने लोभले त होला यताउता किनमेल गर्न लग्छु भनेर जोड गर्दै थियो । तर हामी घुम्नतिरै लाग्यौं । तेंहा पुगेर घुमेपछि ओहो, सही निर्णय गरिएछ भन्ने भयो ।

रातो रंगका घरहरू जताततै रहेछन् । दरवार वरीपरी घुमि रहँदा काठमाडौंको हनुमान ढोका दरबार वा अरू नेपालको पुरानो दरबारहरू घुमेको जस्तै लाग्यो । पुरानो दरबारहरूले त्यो समयको इतिहास बोकेको हुन्छ । यो दरबारले पनि मुगल इतिहास बोकेको रहेछ । त्यो समयका कला , सभ्यता मज्जाले झल्काउने घरको बनोट , झ्याल ढोकामा कुँदिएका बुट्टाहरूमा देखियो ।

आगरा फोर्टबाट ताज महल निक्कै राम्रोसँग देखिने रहेछ । इतिहासमा लेखिए अनुसार शाहजहांलाई उनको छोरा राजा औरगन्जेवले कैदी बनाएर एउटा कोठामा थुनेका रहेछन् । शाहजहांले अंन्तिम समय तेही कोठाको झ्यालबाट पर आफुले मुमताजको संम्झनामा बनाएको ताज महल हेरेर बिताएका रहेछन् । त्यो कोठा पर्यटकको लागि खुल्ला थिएन । ताल्चा लगाएको रहेछ ।

संसार भरीबाट पर्यटक धेरै घुम्न आउने हुनाले दुबै ठाउँ सफा र निक्कै व्यवस्थित राखिएको पाएँ ।

जे होस् ताजमहल जत्तिक्कै सुन्दर रहेछ आगरा फोर्ट दरवार पनि । संसार भरीबाट पर्यटक धेरै घुम्न आउने हुनाले दुबै ठाउँ सफा र निक्कै व्यवस्थित राखिएको पाएँ । पुरै दिन आगरामा बिताएर दिल्ली फर्कियौं । संन्जोग कस्तो बिहान झिस्मिसेमा जाँदा बिस्तारै सुर्योदयको मनोरम दृश्य देखिएको थियो । बेलुका मिर्मिरे साँझमा फर्कदा मनोरम सुर्यास्तको दृश्य देख्न पाईयो ।

दिल्लीमा फेरी हामी बसेको “ इमपेरियल होटेल “ पनि निक्कै राम्रो रहेछ । पुरानो कुनै सिंह राजाको दरबारलाई होटेल बनाएको रहेछ । जताततै पुरानो दरबारको झल्को दिने कलात्मक मूर्तीहरू राखिएको पाएँ । एक ठाउंमा म्युजियम जस्तै गरेर भित्तामा यो दरबारको इतिहास बोकेको फोटोहरू रहेछ । पानी कल्कल बगिरहेको झरना थियो । दिनभरीको आगराको थकान भएपनि , भोली प्लेनमा सुतेर अमेरिका जाने त हो भन्दै , एक घण्टा होटेल मज्जाले घुमें । त्यो रात कसैको विवाह समारोह पनि रहेछ । निक्कै गरगहना , राम्रा लुगामा सज्जिएर आएका पाहुनाहरू पनि देखें । जे होस् मेरो बर्षौं पुरानो ताज महल घुम्ने रहर रमाईलोसँग पुरा भयो ।

अन्त्यमा , मेरो सल्लाह , यो यो काम सक्छु अनि बिस्तारै समय मिल्छ र घुम्छु भनेर धेरै सोचेर प्लान गरेर बस्नु बेकार रहेछ । जे सकिन्छ , जसरी सकिन्छ , जुन बेला सकिन्छ , छोटोमिठो फटाफट मिलाएर घुम्ने रहर पुरा गरीहाल्नु पर्छ ।

शशी के. सी

शशी के.सी

लेखिका

प्रतिक्रिया