संघीय न्यायाधीश एलेन होल्यान्डरले सरकारी दक्षता बिभागलाई सामाजिक सुरक्षा प्रशासन (एसएसए)को संवेदनशील डाटा( तथ्याक)मा पहुँच रोक लगाउने आदेश दिएकी छिन्।
यो अस्थायी रोक आदेश अनुसार सरकारी दक्षता बिभाग सम्बद्धहरूले व्यक्तिगत रूपमा चिनिन सक्ने कुनै पनि तथ्यॅाक मेटाउनुपर्नेछ । एसएसएको प्रणालीमा स्थापना गरिएका कुनै सफ्टवेयर हटाउनुपर्नेछ।
न्यायाधीशको आदेशले सरकारको अनुसन्धान अधिकार र व्यक्तिगत गोपनीयताको सीमारेखा के हो भन्ने विषयमा नयाँ बहस जन्माएको छ।
सरकारी दक्षता टोलीले एसएसएको डाटा( तथ्याक)व्यापक अनुसन्धान गरी सम्भावित घोटाला खोज्ने प्रयास गरिरहेको थियो, तर न्यायाधीश होल्यान्डरले यसलाई “फिसिग एक्सिपिडिसन ” अर्थात् प्रमाणबिना अनावश्यक खोजी भएको बताएकी छिन्।
उनले पर्याप्त प्रमाणबिना नै ठूला घोटाला पत्ता लगाउने प्रयास गर्नु उचित नभएको भन्दै इलन मस्क प्रमुख भएको सरकारी दक्षता बिभागको गतिविधिलाई सीमित गरिदिएकी हुन्।
यद्यपि आदेश अनुसार सरकारी दक्षका बिभागका प्रतिनिधिहरूलाई उचित तालिम र पृष्ठभूमि जाँचपछि सम्पादित डाटा( तथ्याक)सीमित पहुँच दिइनेछ।
यसले अनुसन्धानको लागि सम्भाव्यता कायम राख्दै व्यक्तिगत गोपनीयताको रक्षा गर्ने प्रयास गरेको देखिन्छ।
प्रतिक्रिया