संघीय न्यायाधीशद्वारा ट्रम्प प्रशासनले जर्जटाउन विश्वविद्यालयका बिधार्थी बदर खान सुरीलाई देशनिकाला गर्न नसक्ने निर्णय

इनेप्लिज २०८१ चैत ६ गते २३:५० मा प्रकाशित

बिहीबार, एक संघीय न्यायाधीशले निर्णय सुनाउँदै ट्रम्प प्रशासनले जर्जटाउन विश्वविद्यालयका बिद्या वारिधि बिधार्थी बदर खान सुरीलाई देशनिकाला गर्न नसक्ने बताएका छन्। विश्वविद्यालयका अनुसार अमेरिकी गृह सुरक्षा विभागले उनलाई पक्राउ गरेको छ ।

अमेरिकी जिल्ला न्यायाधीश पेट्रिसिया टोलिभर गाइल्सले आदेश दिदै भनिन्, खान सुरीको हिरासतको चुनौती अदालतमा समीक्षा भइरहेको बेलासम्म उनलाई देशनिकाला गर्न पाइने छैन । जबसम्म उनले अर्को निर्णय जारी गरिदैन तब सम्म निष्काशन गर्न नपाइने उनले बताएकी छिन् ।

जर्जटाउन विश्वविद्यालयका अन्तरिम अध्यक्ष रोबर्ट ग्रोभ्सका अनुसार भारतीय नागरिक खान सुरी अमेरिकी प्रवेशाज्ञामा इराक र अफगानिस्तानमा शान्ति स्थापना सम्बन्धी आफ्नो विधा वारिधि अनुसन्धान गर्न आएका थिए। उनलाई डिएचएसले हिरासतमा लिएको छ भने उनको प्रवेशाज्ञा(भिसा) खारेज गरिएको छ।

पत्रमा लेखिएको छ, “हामीलाई उनी कुनै गैरकानुनी गतिविधिमा संलग्न भएको जानकारी छैन, न त उनको हिरासतको कारणबारे कुनै सूचना दिइएको छ।”

खान सुरीको गिरफ्तारी ट्रम्प प्रशासनले अमेरिकी विश्वविद्यालयका विद्यार्थीहरूमाथि कडा निगरानी बढाएको समयमा भएको हो । खान सुरी विवाहित हुन् भने उनका बच्चाहरू पनि छन्, तर उनको परिवारलाई हिरासतसम्बन्धी कुनै जानकारी दिइएको छैन।

प्रतिक्रिया