अमेरिकी अन्तरिक्ष यात्री सुनीता विलियम्स र उनका सहकर्मी बुच विल्मोर अन्तर्राष्ट्रिय अन्तरिक्ष थप अनुसन्धानको कामले पुगेको समयमा स्टेशनमै नौ महिनासम्म प्राविधिक कारणले अड्किएर बस्नुपरेको थियो। उनीहरूले अन्तरिक्षको यात्रा गर्दा तय गरिएको समय आठदिनको (छोटो मिसनको) मात्रै थियोे ।
उनीहरू अन्तरिक्षसम्म पुगेपछि अन्तरिक्षयान बोइङ स्टारलाइनरमा प्राविधिक समस्याहरू देखा परे।अन्तरिक्ष उडानमा आएको प्राविधिक समस्याको कारण पृथ्वी फर्काउन सकिन्न जस्तो अवस्था सृजना भयो ।यस्तो अनिश्चिततामा पनि धैर्यता पुर्वक अर्को अन्तरिक्ष यानको प्रतिक्षामा निराकार निरन्जनमा बस्नुपर्ने बाध्यता बन्यो । यस्तो अनिश्चित अवस्थालाई चिर्दै सुरक्षित रूपमा पृथ्वीमा फर्काउन निकै कठिन थियोे । यस्तो कठिन कार्यलाई सफल बनाउन इलनमक्सले ठूलो सहयोग गरे र सुनिता र वुचको पृथ्वी आगमन सफल भएको छ।
नौ महिनाको अनवरत प्रयासपछि हालै, स्पेसएक्सको नयाँ टोली क्रू-१० अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशनमा पुगेर सुनीता र बुचलाई पृथ्वीमा फर्काउने प्रक्रिया सुरु गरे। त्यो प्रकृया मार्च १९ मा सुरु भइ पूरा भै सकेको नासाले जनाएको थियोे।
पृथ्वीमा हुने मानिसका लागि यो विषय एकादेशको कथा जस्तो लाग्न सक्छ/ लागिरहेको पनि छ।
गुरुत्व आकर्षणको अधिक चाप सहित मावन संसारमा हुर्किएको मानिस एक्कासी घर,परिवार र आफ्नो समाज मात्रै होइन शुन्य गुरुत्व भएको अर्कै गोलामा, त्यो पनि जिवात्मा,वनस्पति नभएको अन्तरिक्षमा नौ महिनाको समय बिताउँनु पटक्कै सजिलो थिएन र छैन । पृथ्वीमा भएभन्दा विल्कुल फरक परिस्थिति रहेको लाखौंलाख किलोमिटर टाढा कहाँ कहाँ निराकार निरञ्जन अन्तरिक्षमा नौ महिनासम्म स्टक गरिएका खानेकुरा त्यो पनि मितव्ययी बनेर, पसिना र पिसाब लगायतबाट जम्मा गरिएको प्रसोधित पानी पिएर आफ्नो अन्वेषणमा बस्नु धैर्यताको सिमा पार गर्नु नै हो।
यस्तो शून्य गुरुत्व र फरक वातावरणले मानव मस्तिष्क तथा शरीरमा विभिन्न समस्याहरु र प्रभाव पर्न सक्छ भन्ने थाहा पाएर पनि धैर्य र आँटलाई विशेष सम्मान गर्नै पर्दछ।
यती लामो अन्तरिक्षको यात्राले मानिसको हड्डीको घनत्व घट्नु, मांसपेशीहरू कमजोर हुनु, विकिरणको जोखिम बढ्नु आदि हुनसक्छ / सक्थ्यो।
अहिले सुनीता र बुचको स्वास्थ्य अवस्थालाई ध्यानमा राख्दै, उनीहरूको सुरक्षित फिर्ती सुनिश्चित गर्न आवश्यक तयारीहरू सहित पृथ्वीमा अवतरण गरिएको छ। यस्तो महान कार्यमा सम्लग्न सबैलाई हार्दिक बधाई छ।
प्रतिक्रिया