भर्जिनिया शिविर-स्थल(क्याम्पग्राउन्ड)ले अस्वेत पुरुषलाई भेदभाव गरेको कारण ७ लाख ५० हजार डलर क्षतिपूर्ति तिर्नु पर्ने न्यायाधिशले फैसला सुनाएका छन् ।
भर्जिनियाको लेजी कोभ क्याम्पग्राउन्डले एक अस्वेत रुषसँग भेदभाव गरेको ठहर गर्दै दुई परिवारलाई ७५० ,००० डलर क्षतिपूर्ति दिने फैसला गरेको छ ।
सन् २०२० मा एन्जेला स्मिथ र अमान्डा मिल्स नामका दुई परिवारले संयुक्त शिविर (क्याम्पिङ )यात्रा योजना बनाएका थिए। स्मिथ, जो श्वेत हुन् भने उनका पति डेमियन स्मिथ (जो अस्वेत हुन् ) र आठ वर्षीय छोरासँग मिल्सको परिवारसँग शिविर (क्याम्पिङ )जान लागेकी थिइन्।
जब क्याम्पग्राउन्ड( शिविर-स्थल)की मालिक रेजिना टर्नरले दूरवार्ता (टेलीफोन )गरेर तिम्रो साथीको पति अस्वेत हो भन्ने मलाई थाहा भएको भए म तिमीहरूलाई ठाउँ भाडामा दिने थिइनँ भने पछि मुद्धा दायर भएको थियो ।
यस घटनापछि महान्यायाधिवक्ताको कार्यालयले टर्नरविरुद्ध मुद्दा दायर गरे। अदालतले दुई परिवारलाई १००,००० डलर क्षतिपूर्ति तथा ५५०,००० डलर थप जरिवाना सुनाएको छ ।
यो फैसला भर्जिनिया राज्यको फेयर हाउजिङ( घर) कानुन अन्तर्गत अहिलेसम्मकै ठूलो क्षतिपूर्ति हो। क्याम्पग्राउन्ड(शिविर-स्थल)की मालिक टर्नरका वकिलले उक्त निर्णयलाई पुनर्विचारका लागि अपील गरेका छन्, जसमा अर्को सुनुवाइ अप्रिल ८ मा तोकिएको छ।
प्रतिक्रिया