सर्वोच्च अदालतलाई राष्ट्रव्यापी आदेश रोक्न ट्रम्पको आग्रह

इनेप्लिज २०८१ चैत ७ गते १८:३९ मा प्रकाशित

राष्ट्रपति डोनाल्ड ट्रम्पले पछिल्ला केही साताहरूमा आफ्नो प्रशासनविरुद्ध फैसला गर्ने संघीय न्यायाधीशहरूलाई कडा रूपमा आलोचना गर्नुको साथै सर्वोच्च अदालतले राष्ट्रव्यापी निषेधाज्ञा तुरुन्त रोक्नुपर्ने माग गरेका छन्।

बिहीबार आफ्नो सामाजिक सॅजाल ट्रुथ सोसलमा प्रकाशित गर्दै ट्रम्पले आफ्ना नीतिहरूमा रोक लगाउने न्यायाधीशहरूलाई कट्टरपन्थी वामपन्थी न्यायाधीश भनेर गाली गरे। 

उनले भने, “यी न्यायाधीशहरू ८० मिलियन ( ९ करोड)मत नपाई राष्ट्रपतिको शक्तिलाई आफ्नो नियन्त्रणमा लिन चाहन्छन्।” 

“राष्ट्रव्यापी निषेधाज्ञा अहिले नै रोक्नुस्, नत्र धेरै ढिला हुनेछ,” भन्दै  सर्वोच्च अदालतका प्रधान न्यायाधीश जोन रोबर्ट्सलाई हस्तक्षेप गर्न आग्रह गरे। 

“यदि प्रधान न्यायाधीश रोबर्ट्स र सर्वोच्च अदालतले यस विषाक्त र अभूतपूर्व परिस्थितिलाई तत्काल समाधान नगर्ने हो भने हाम्रो देश ठूलो समस्यामा पर्नेछ।” उनले भने । 

शुक्रबार बिहान पनि ट्रम्पले ‘ट्रुथ सोसल’ प्रकाशनमा संघीय न्यायाधीशहरूले अमेरिकी राष्ट्रपतिको जिम्मेवारी आफ्नो हातमा लिन खोजेको आरोप दोहोर्याए।

हालसम्म ट्रम्पका नीतिहरूविरुद्ध १०० भन्दा बढी मुद्दा परेका छन्। 

ह्वाइट हाउसकी छापा सचिव क्यारोलिन लेभिटले बुधबार न्यायाधीशहरूलाई “पक्षपाती कार्यकर्ता” भन्दै राष्ट्रपतिको कार्यकारी शक्तिलाई कमजोर बनाउने प्रयास गरेको आरोप लगाइन्।

प्रतिक्रिया