अन्तर्राष्ट्रिय झापाली सम्मेलनमा आफ्नो व्यवसाय ,उत्पादन तथा सेवाको अन्तर्राष्ट्रिय बजारीकरण गर्ने सुनौलो अवसर

इनेप्लिज २०८१ चैत ७ गते २२:२४ मा प्रकाशित

झापाली समाज र अन्तर्राष्ट्रिय झापाली समाजको सयुक्त आयोजनामा यही अप्रील ११ र १२ तारीख, २०२५ मा भर्जिनियाको टाइसन कर्नरमा चौथो अन्तर्राष्ट्रिय झापाली सम्मेलन हुन लागिरहेको छ ।

यस सम्मेलनमा अस्ट्रेलिया,कतार,बेल्जियम,नेदरल्याण्ड,नेपाल र अमेरिकाको टेक्सास, क्यालिफोर्निया,पेन्सल्भेनिया, न्युयोर्क, भर्जिनिया, मेरील्याण्ड लगायत धेरै राज्यबाट भाग लिन आउदै हुनुहुन्छ ।

यो झापालीको मात्र नभई नेपालीको पनि सम्मेलन हो । यस्मा भाग लिनका लागि स्थानीय सबै सघ -सस्था अमेरिकानेपाल सोसाइटी, एनआरएनए.अमेरिका, एन.आरएन.भर्जिनिया,न्याक,नेपाल एजुकेसन एण्ड कल्चर सेन्टर ( एनइसिसी)मेरिल्याण्ड, बाना,आन्वा( महिलाहरुको सस्था ), एन्टा ,अ.ने.सा.स.,नेपा पासपुच अमेरिकाय(एनपिपीएस), नेपाली नर्स एसोसियसन अमेरिका(सान ), नेपाली चिकित्सक सघ अमेरिका,नेपाल ईन्जिनियर एसोसिएसन अमेरिका लगायत आदि सबैलाई भाग लिन आह्वान गर्दछु ।

साथै कुनै पुस्तक बिमोचन गर्न, कुनै उत्पादन वा सेवाको उदघाटन वा शुरूवात गर्नका यो सबै सुनौलो अवसर हो |यो अवसरमा बिशेष गरि स्थानीय,झापाली र नेपाली सम्पुर्ण नेपाली व्यवसायीहरूलाई स्टल राख्न अनुरोध गर्दछु |

यो अवसरमा झापामा जन्मी -हुर्की,बिश्वका विभिन्न देशमा रहेर योगदान दिने १० जना “झापाली तारा”हरुलाई सम्मान गरिने छ। आज झापालीहरु, नेपालीहरू बिश्वका बिभिन्न देशमा गएर झापा, नेपाल र नेपालीलाई गौरान्बित गर्ने कार्य गरि रहनु भएको छ ।

आउनुहोस ! उहाहरूलाई सम्मान गरौ र आफू पनि सम्मानित बनौ । साथै तपाई – हाम्रो घर – दैलोमा यत्रो ठूलो सम्मेलन भइरहेको छ । झापालीको भनेर मौन नरहनुहोस् ! । यो सम्मेलन नेपाल र नेपालीकै हो ।

आफ्ना अतिथिहरूलाई सम्मान र भेटघाट गर्नका लागि आउनु होस् !

स्थान : डबल ट्री हिल्टन होटेल
१९६० चेन ब्रीज रोड, मेक्लीन
भर्जिनिया , अमेरिका ।

सीता पाण्डे
कन्भेनर
चौथो अन्तर्राष्ट्रिय झापाली सम्मेलन
तथा झापाली समाज,अमेरिका

प्रतिक्रिया