चीनले टेस्लाभन्दा छिटो गाडी चार्ज(प्रभरण) हुने बिधुतिय उपकरणको विकास गरेको छ ।
चिनियाँ बिधुतिय गाडी (ईभी ) निर्माताहरूले टेस्लाको हालको प्रभरण (चार्जिङ) क्षमता लाई उछिन्ने नयाँ प्रविधि विकास गरेका छन्। अग्रणी चिनियाँ बिधुतिय गाडी निर्माता बीवाईडी (BYD) ले १,००० किलोवाट (१ मेगावाट) शक्ति क्षमताको प्रभरण (चार्जिङ )प्रणाली सार्वजनिक गरेको छ। यो प्रणालीले गाडीलाई मात्र पाँच मिनेटमै करिब २५० माइल (४०० किलोमिटर) यात्रा गर्न पर्याप्त प्रभरण (चार्ज) प्रदान गर्न सक्छ।
यो नयाँ प्रविधिले प्रभरण (चार्जिङ)मा लाग्ने समयलाई निकै कम गराएर प्रयोगकर्ताहरूको मसला उपकरण (ब्याट्री)सकिने डर घटाउन सहयोग पुर्याउँने देखिएको छ । टेस्लाका यस्ता प्रभरणहरूले हाल २५० किलोवाटसम्म मात्र शक्ति प्रदान गर्छन्, जसले १५ मिनेटमा २०० माइल जति प्रभरण (चार्ज )गर्न सक्छ।
यद्यपि टेस्लाले छिट्टै ५०० किलोवाटका प्रभरण (चार्जर) ल्याउने योजना बनाए पनि, यो पनि बिवाइडिको नयाँ प्रणालीको आधा क्षमताको मात्र हुनेछ।
यस्तै अर्को चिनियाँ गाडी निर्माता जीकरले ७X नामक एसयूभी विकास गरेको छ । जसले आफ्ना ८०० किलोवाटका प्रभरण केन्द्र (चार्जिङ स्टेसन)मा मात्र २२ मिनेटमा ० देखि १००% प्रभरण (चार्ज) गर्न सक्छ। यी प्रविधिहरूले चीनलाई बिधुतिय गाडी (इभि)बजारमा अग्रणी स्थानमा राखेको छ।
प्रतिक्रिया