अमेरिकी होमल्यान्ड (गृह )सुरक्षा विभाग (डिएचएस) ले क्युबाली, हेटीयाली, निकारागुवाली, र भेनेजुएली आप्रवासीहरूका लागि बाइडन प्रशासनले सुरु गरेको मानवीय अस्थायी बसोबास (ह्युमानिटेरियन प्यारोल ) कार्यक्रम अन्तर्गतको संरक्षण आउँदो महिनादेखि अन्त्य गर्न लागेको छ।
संघिय दर्तामा मंगलबार प्रकाशित हुने सूचनाअनुसार, “सिएचएनभि प्यारोल (अस्थायी बसोबास)कार्यक्रम अन्तर्गतको संरक्षण गुमाउने र अन्य वैधानिक रूपमा अमेरिका बस्न नपाउने प्यारोली(अस्थायी बसोबास )गर्नेहरूले आफ्नो प्यारोल ( अस्थायी प्रवेश अनुमति)समाप्तिको मिति अगावै अमेरिका छोड्नुपर्नेछ।
यो कार्यक्रमले ५,३०,००० भन्दा बढी आप्रवासीहरूलाई संरक्षण प्रदान गरेको थियो। यस कार्यक्रमअन्तर्गत, अमेरिकी नागरिकहरूले आफ्ना मातृदेशमा रहेका व्यक्तिहरूलाई प्रायोजन गरी अमेरिका ल्याउने अनुमति पाएका थिए।
प्यारोल के हो ?
प्यारोललाई नेपालीमा “अस्थायी बसोबास कार्यक्रम” वा “अस्थायी प्रवेश अनुमति” भन्ने गरिन्छ।
यस कार्यक्रम अन्तर्गत, विशेष परिस्थितिमा रहेका आप्रवासीहरूलाई अमेरिका प्रवेश गर्न र केही समयसम्म कानुनी रूपमा बस्न अनुमति दिइन्छ। यो अनुमति आप्रवासी कानुनअनुसारको स्थायी प्रवेशाज्ञा वा शरण (asylum) जस्तो पूर्ण अधिकार भने होइन। प्रायः यो कार्यक्रम मानवीय कारण, आपतकालीन अवस्थाहरू, वा पारिवारिक पुनर्मिलनका लागि प्रदान गरिन्छ।
संक्षेपमा यो अस्थायी संरक्षण हो, जसले केही समयका लागि आप्रवासीहरूलाई अमेरिका प्रवेश र बसोबास गर्न मद्दत गर्दछ।
प्रतिक्रिया