कोलम्बिया विश्वविद्यालयले ट्रम्प प्रशासनका केही मुख्य मागहरू पूरा गर्दै मास्क (मुखावरण)प्रतिबन्ध,विशेष अधिकारीहरूको नियुक्ति,र अन्य नयाँ नीतिहरू लागू गर्ने घोषणा गरेको छ। विश्वविद्यालयलाई संघीय सरकारबाट खारेज भएको ४०० मिलियन डलरको अनुदान पुनः प्राप्त गर्नका लागि यी नीतिहरूमा परिवर्तन गर्न निर्देशन दिइएको थियो।
मुखावरण (मास्क) प्रतिबन्ध र सुरक्षा नीतिहरू :
नयाँ नीतिअनुसार, अनुहार लुकाउने उद्देश्यले मुखावरण (मास्क )वा अनुहार छोप्ने कुनै सामग्री प्रयोगमा प्रतिबन्ध लगाइएको छ। यद्यपि धार्मिक वा स्वास्थ्यसम्बन्धी कारणले मुखावरण(मास्क )प्रयोग गर्न भने अनुमति दिइनेछ। साथै,विश्वविद्यालयमा हुने प्रदर्शन र विरोध कार्यक्रममा भाग लिने व्यक्तिहरूले विश्वविद्यालयको परिचय पत्र (यूनिभर्सिटी आईडि)अनिवार्य रूपमा देखाउनु पर्नेछ ।
नयाँ विशेष अधिकारीहरूको नियुक्ति :
कोलम्बिया विश्वविद्यालयले ३६ नयाँ विशेष सुरक्षा अधिकारीहरू नियुक्त गर्दैछ जसलाई आवश्यक परेमा हाताभित्रबाट मानिसलाई हटाउने वा गिरफ्तार गर्ने अधिकार हुनेछ। यी अधिकारीहरूलाई न्यूयोर्क कानुन अन्तर्गत प्रशिक्षण र प्रमाणिकरण दिइने छ। यस प्रक्रियासम्मका लागि विश्वविद्यालयले न्यूयोर्क नगर प्रहरी विभागसँगको सुरक्षा सम्बन्धलाई निरन्तर कायम राख्नेछ।
नयाँ नीतिअनुसार विश्वविद्यालयको न्यायिक समितिलाई राष्ट्रपति कार्यालयको अधिकारक्षेत्रमा ल्याइएको छ। साथै, सँस्थागत निष्पक्षता नामक नयाँ कार्यालय स्थापना गरिएको छ, जसमा ५७ जना पूर्णकालीन कर्मचारीहरू भेदभावसम्बन्धी उजुरीहरू अनुसन्धान गर्न खटाइनेछन्।
साथै, प्रवेश प्रक्रियामा सुधारका लागि समीक्षा र सिफारिसहरू गरिनेछ, जसले भेदभावरहित र निष्पक्ष प्रक्रिया सुनिश्चित गर्ने प्रयास गर्नेछ। विश्वविद्यालयले अब संस्थागत तटस्थताको नीति अवलम्बन गर्ने र यसलाई सम्पूर्ण विश्वविद्यालयमा लागू गर्ने भएको छ।
ट्रम्प प्रशासनले विश्वविद्यालयले राखिएका मागहरू पूरा गरेपछि खारेज भएको ४०० मिलियन डलरको संघीय अनुदान पुनः प्रदान गरिनेछ वा छैन भन्ने विषय अझै अस्पष्ट रहेको सिबिएसन्यूजले जनाएको छ । प्रशासनले यस विषयमा वित्तीय सम्बन्धको पुनरवलोकनका लागि यी नीतिहरूमा सहमति आवश्यक भएको बताएको थियो।
प्रतिक्रिया