बिश्व प्रख्यात मुडकी खेलका दुई पटकका विश्व बिजेता जर्ज फोरम्यानको ७६ वर्षको उमेरमा निधन

इनेप्लिज २०८१ चैत ८ गते २:४१ मा प्रकाशित

बिश्व प्रख्यात मुडकी खेलका दुई पटकका विश्व बिजेता जर्ज फोरम्यानको ७६ वर्षको उमेरमा निधन भएको छ ।

दुईपटकका मुडकी खेलका विश्व हेभीवेट बक्सिङ च्याम्पियन( बिश्व सर्वाधिक वजन समूह)का बिजेता तथा ओलम्पिक स्वर्ण पदक विजेता जर्ज फोरम्यानको ७६ वर्षको उमेरमा निधन भएको छ। आफ्नो खेल जीवनको क्रममा उनले मोहम्मद अलीसँग ऐतिहासिक भिडन्त गरेका थिए। उक्त खेलमा मोहम्मद अलीले खेल जितेका थिए ।

फोरम्यानलाई “बिग जर्ज” भनेर चिनिन्थ्यो। उनका परिवारले शुक्रबार, मार्च २१, २०२५ मा आधिकारिक सामाजिक संजाल इन्स्टाग्राममार्फत उनको निधनको जानकारी दिएका छन । अत्यन्त दुःखका साथ हामी हाम्रो प्रिय जर्ज एडवर्ड फोरम्यान सिनियरको निधन भएको जानकारी दिन्छौँ। २१ मार्च, २०२५ मा उनी परिवारको माया र उपस्थितिमा शान्तिपूर्वक बिदा भए,” परिवारले वक्तव्यमा लेखेको छ ।

१९४९ मा टेक्ससमा जन्मेका फोरम्यानले ह्युस्टनमा कठिन बाल्यकाल बिताए। उनी १५ वर्षको उमेरमा विद्यालय छोडेर साना अपराधमा संलग्न भए। तर, १६ बर्ष उमेर देखि मुड्की (बक्सिङ) सिक्न थाले।

१९६८ मा मेक्सिको सिटी(शहर) ओलम्पिकमा उनले स्वर्ण पदक जिते। फोरम्यानले सन् १९७३ मा “सनशाइन शोडाउन” मा जो फ्रेजियरलाई हराउँदै उपाधि जिते। तर १९७४ मा मोहम्मद अलीसँगको “रम्बल इन द जंगल” भिडन्तमा पराजित भए।

प्रतिक्रिया