अध्यावधिक गरिएको : मुक्केबाज जर्ज फोरम्यानको निधन: खेलाडी देखि सफल व्यवसायी सम्मको प्रेरणादायी जीवनको अन्त्य

इनेप्लिज २०८१ चैत ८ गते १०:०८ मा प्रकाशित

अध्यावधिक गरिएको : दुई पटकका आफ्नो वजन समूह अर्थात् सर्वाधिक वजन समूह (हेवीवेट)का बिजेता मुक्केबाज जर्ज फोरम्यानको ७६ बर्षको उमेरमा निधन भएको छ ।

जर्ज फोरम्यान बक्सिङ(मुक्केबाजी )खेलको इतिहासका एक प्रख्यात नाम हो । कठिन बाल्यकालबाट गुज्रिएका उनि विश्व बिजेता बन्दै पछिल्लो जीवनमा सफल व्यवसायी बन्न पुगे।

फोरम्यानको बाल्यकाल :

मुक्केबाज जर्ज एडवार्ड फोरम्यानको जन्म १० जनवरी १९४९ मा टेक्सस राज्यको मार्शल शहरमा भएको थियो। उनका प्रारम्भिक दिनहरू गरिबी र कठिनाइले भरिएका थिए। ह्युसटन शहरमा हुर्किएका फोरम्यान प्रायः समस्याबाट गुज्रिएका थिए। पढाइमा रुचि नराख्ने उनि युवावस्थामा अपराध र अपराधका गतिविधिहरूमा समेत संलग्नता भएको उनले स्वीकार गरेका थिए ।

दुई पटकका बिश्व बिजेता तथा चर्चित व्यवसायी जर्ज फोरम्यानको ७६ वर्षको उमेरमा शुक्रबार २१ मार्च २०२५ मा निधन भएको छ। ह्युस्टनको एक अस्पतालमा गम्भीर स्ट्रोक(मस्तिष्कघात )पछि उनको मृत्यु भएको हो। फोरम्यानले आफ्नो असाधारण प्रतिभा र दृढ इच्छाशक्तिको बलमा मुक्केबाजी(बक्सिङ) र व्यवसाय दुवै क्षेत्रमा अमिट छाप छोडेका छन्।

कठिन बाल्यकालबाट अघि बढ्दै उनले १७ वर्षको उमेरमा मुक्केबाजी (बक्सिङ)को यात्रा थालेका थिए । १९६८ मा मेक्सिको शहरमा भएको ओलम्पिकमा स्वर्ण पदक जिते पछि उनी विश्वस्तरमा चम्किए। सन् १९७३ मा प्रख्यात मुक्केबाज जो फ्रेजरलाई पराजित गरेर पहिलो पटक विश्व हेभीवेट च्याम्पियन (सर्वाधिक वजन समूह )बने।

सन् १९७७ मा एक गहिरो आध्यात्मिक अनुभवपछि उनले मुक्केबाजी( बक्सिङ)बाट सन्यास लिएर धर्म प्रचारकका रूपमा सेवा गरे। तर, बक्सिङ(मुक्केबाजी )प्रतिको माया कहिल्यै मरेन। सन् १९८७ मा उनले पुनरागमन गरे र ४५ वर्षको उमेरमा माइकल मूररलाई हराउँदै सर्वाधिक वजन समूह (हेभीवेट च्याम्पियन)को उपाधि जिते।

बक्सिङको बाहिरी दुनियाँमा पनि फोरम्यान सफल भए। “जर्ज फोरम्यान ग्रिल” अर्थात् सेकुवा बनाउने उपकरणको प्रवर्धनबाट उनले आफ्नो व्यवसायिक पहिचान बनाए। यो यन्त्र (ग्रिल)का १० करोड बिक्री भए, जसले उनलाई व्यवसायमा पनि सफल बनायो।

फोरम्यानको प्रेरणादायी जीवनलाई २०२३ मा आएको “बिग जर्ज फोरम्यान” चलचित्रमा देखाइएको थियो। उनी आफ्नो धर्मप्रतिको आस्थाका लागि पनि प्रख्यात थिए। फोरम्यान आफ्नी पत्नी मेरी जोन मार्टेली र १२ सन्तानका साथ सधैं परिवारप्रति समर्पित थिए।

उनको निधनले खेलकुद र व्यवसाय क्षेत्रले एउटा महान व्यक्तित्व गुमाएको छ। मुक्केबाजी( बक्सिङ)मा उनले देखाएको साहस र जीवनमा सफलताका लागि उनीले प्रदर्शन गरेको दृढता सधैं प्रेरणादायी रहिरहनेछ।

१९७३ मा उनले जो फ्रेजरलाई हराएको दिन फोरम्यानको सबैभन्दा प्रसिद्ध क्षण रहेको थियो । यस पछि उनले १९७४ मा मुहम्मद अलीसँग भिडन्त गरे । फोरम्यानको जित्ने भन्ने अपेक्षा गरिएको भएता पनि तर अलीको रणनीतिले फोरम्यानलाई आठौं चरणमा ढाले ।

अलीसँगको पराजय पछि फोरम्यानले १९७७ मा मुक्केबाजीबाट अस्थायी अवकाश लिए।

फोरम्यानको व्यवसायिक सफलता:

बक्सिङबाट सेवानिवृत्त भएपछि जर्ज फोरम्यान ग्रिल(सेकुवा उपकरण )को प्रवक्ता बने जसले उनलाई करोडौं डलरको मुनाफा दिलायो । यो ग्रिलले मानिसहरूको खाना पकाउने तरिकामा क्रान्ति ल्यायो । फोरम्यानलाई अरबपति पूर्व खेलाडीहरूको सूचीमा राख्यो।

फोरम्यानले “द चर्च अफ द लर्ड जीसस क्राइस्ट” नामक चर्च स्थापना गरे। मुक्केबाजी(बक्सिङ)बाट एक क्रूर प्रतिस्पर्धीदेखि एक उदार धर्मगुरु र व्यवसायीमा रूपान्तरण फोरम्यानको जीवनको सबैभन्दा आश्चर्यजनकको परिवर्तन थियो।

पहिलो समाचार हेर्न यहाँ थिच्नु होस् :

प्रतिक्रिया