पूर्वराजा ज्ञानेन्द्र शाहले गोरखा दरबारस्थित गोरखकाली मन्दिरमा पूजा अर्चना गरेका छन् ।
गोरखकाली मन्दिरमा पूजा अर्चना गरेपछि पूर्वराजा शाहले एभिन्यूज खबरसँग कुराकानी गर्दै अहिले देशमा शान्ति चाहिएको बताएका छन् ।
उनले भने, “कसैले कसैको पनि कुभलो नचिताओस् । भलो चिताओस् । कसैले केही गर्नलाई डराउन पर्दैन । देशको शान्ति कायमै होस् । देशमा विकास होस् । सबैलाई सुख र समृद्धि होस् ।
पूर्वराजा शाहले लामो समयपछि आफ्नो पूर्खाको थलो गोरखा आउँदा खुसी लागेको बताउँदै नेपाली जनतालाई सुख र समृद्धिको कामना गरेका छन् ।
पूर्वराजा शाहले आजै मनकामना मन्दिरको पनि दर्शन गर्दै छन् । गोरखा दरबारमा पूर्वराजालाई त्यहाँका स्थानीयले भब्य स्वागत गरेका थिए । उनका समर्थकहरुले राजतन्त्रको पक्षमा नाराबाजी समेत गरेका थिए ।
प्रतिक्रिया