राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार राति जारी गरेको एक ज्ञापन (मेमो)मा करिब एक दर्जन राजनीतिक प्रतिद्वन्द्वीहरूको सुरक्षा क्लियरन्स (“गोप्य जानकारी पहुँच स्वीकृति”)खारेज गर्न संघीय निकायहरूलाई निर्देशन दिएका छन्। यसमा पूर्व उपराष्ट्रपति कमला ह्यारिस तथा पूर्व विदेश मन्त्री हिलारी क्लिन्टन पनि परेका छन्।
“यी व्यक्तिहरूलाई गोप्य जानकारीमा पहुँच दिनु अब राष्ट्रिय हितमा छैन,” ट्रम्पले ज्ञापन (मेमो)मा भने। उनले सबै सरकारी विभाग र निकाय प्रमुखहरूलाई आवश्यक कानुनी प्रक्रिया अनुसार सम्बन्धित व्यक्तिहरूको “गोप्य जानकारी पहुँच स्वीकृति” (क्लियरन्स) तत्काल रद्द गर्न निर्देशन दिएका छन्।
यो मेमो वर्गीकृत जानकारी र गोप्य सूचनामूलक बैठक (ब्रिफिङ्स)मा उनीहरूको पहुँचलाई लक्षित गर्दै जारी गरिएको हो।
यसअघि, ट्रम्पले पूर्व राष्ट्रपति जो बाइडेनको सुरक्षा “गोप्य जानकारी पहुँच स्वीकृति” र उनको दैनिक गुप्तचर प्रतिवेदन (रिपोर्टिङ) रद्ध गरेका थिए। यसपटक उनले २०१६ र २०२४ का चुनावी प्रतिद्वन्द्वीहरू जनवरी ६ को दंगामा छानबिन गर्ने लिज चेनी र एडम किन्जिङ्गर लगायत अन्य रिपब्लिकनहरूको “गोप्य जानकारी पहुँच स्वीकृति” (क्लियरन्स) पनि रद्ध गरेका छन्।
“गोप्य जानकारी पहुँच स्वीकृति” अर्थात् सेक्युरिटी क्लियरन्स खारेजको यो निर्णय अमेरिकी कानुनी र राजनीतिक प्रणालीमा गम्भीर विवादको विषय बनेको छ।
प्रतिक्रिया