गिरीजाप्रसाद कोईराला फाउन्डेशन (जिपीके फाउन्डेशन ) अमेरीका च्याप्टरको कार्यालय उडसाईड्स न्युयोर्कमा आज फाउन्डेशन पदाधिकारी एवं विभिन्न संघसंस्थाका प्रतिनिधि सहित भेलाभै स्वर्गीय श्रद्धेय नेता गिरीजाप्रसाद कोईरालाको १५औं स्मृती दिवस एक विशेष समारोहबीच वहाँको तस्वीरमा माल्यार्पण एवं दीप प्रज्वलन गरी श्रद्धासुमन प्रकट गरीयो।
कार्यक्रमको शुभारम्भ गर्दै फाउन्डेशन अमेरीकाका अध्यक्ष्य सोमनाथ घिमीरेले वहाँसँग आफु बाल्यकालदेखी अत्यन्त नजीकभै कोईराला निवास विराटनगर एवं बहुदल पछिका दिनहरूमा काठमाडौंमा लामो समय संगत गरेको र वहाँमा सदा राष्ट्रप्रेम एवं प्रजातन्त्र, शान्ती र विकासको मार्गबाट समुन्नत नेपालको सपना एवं मार्गदर्शन आफुले पाएको बताउनुभयो।वहाँको भौतीक शरीर देहावसान पश्चात वहाँको स्मृतीमा स्थापित फाउन्डेशनले मातृभुमी नेपाल लगायत विश्वका २० भन्दाबढी राष्ट्रमा रहेका नेपाली एवं अन्य समुदायलाई मानवीय,सामाजिक,सांस्कृतिक पहिचान तथा अन्य आवश्यक सहायता गर्न लागीपरेको बताउँदै अमेरीका च्याप्टरले कोभीड कहरदेखी आजपर्यन्त निरन्तर सामाजिक सेवामा निरन्तर लागीपरेको कुरामा जोड दिनुभयो।
सोही समारोहमा बोल्दै सिन्धु अमेरीका वेलफेयरका अध्यक्ष पासागं नोर्बु शेर्पाले स्व गिरीजावावु एक ऐतीहासीक युगपुरुषको रूपमा नेपाली जनजनको मनमष्तीस्कमा रहीरहेको कुरामा जोडदिँदै वहाँप्रती श्रद्धांजली अर्पण गर्नुभयो। त्यसैगरी धादिगं समाज अमेरीकाका अध्यक्ष टक रूवालीले स्व गिरीजा प्रसाद कोईरालाले नेपलमा जीवनभर संघर्ष गरी सिंगो युग र व्यवस्था परीवर्तन गर्दै गणतन्त्र नेपाल सुम्पीएर जानुभएको कुरामा जोड दिनुभयो। फाउन्डेशनका उपाध्यक्ष्य सुवर्ण लामाले प्रजातन्त्र,शान्ती र विकासका खातीर सहमती,सहकार्य र एकताको मुलमन्त्रसाथ वहाँले मुलुकमा ऐतीहासीक युगको थालनी गर्नुभएको कुरामा जोड दिनुभयो।
फाउन्डेशनका प्रवक्ता रामचन्द्र अधिकारीले वहाँको आँट र व्यक्तित्वका कारणलेनै नेपालमा गणतन्त्र आएको र अहिले वहाँजस्तो शिखर व्यक्तिको अभावमा गणतन्त्र धर्मराएको त छैन भन्ने आभाष भैरहेको वताउनुभयो।वहाँले २०६७ चैत्र७ मा वहाँको निधनपश्चात देशविदेशका राजनेता लगायत लाखौं नरनारी स्वस्फुर्त वहाँको मलामी भएको स्मरण गराउनुभयो।
सो अवसरमा फाउन्डेशनका कोषाध्यक्ष्य रेखा श्रेष्ठ,कार्यसमिति सदस्य ध्रुव कुँवर क्षेत्री लगायत सामाजिक व्यक्तित्वहरू राजेन्द्र श्रेष्ठ,भरत मोक्तान,योगेन्द्र अधिकारी,हरी बहादुर घर्तीपुन, सन्तोष वस्नेत,दिलीप कुमार श्रेष्ठ,निशा कर्माचार्य,मिंग्मा भोटे,टोपेन्द्र रावत,रविन विडारी,युदिन गिरी,रचित राजवंशी,आंग शेर्पा,सरीता केसी,पुर्णीमा मगर एवं न्युयोर्क सिटी कम्प्ट्रोलर ब्राड लेन्डरका सचिवालयका प्रमुख जेम्स् मोंगेलुजो लगायतका महानुभावहरु उपस्थित भै वहाँप्रती श्रद्दान्जली व्यक्त गर्नुभएको थियो।अपराह्न १ बजेबाट शुरु भै करीब ३ घन्टा संचालीत सो कार्यक्रममा खाना एवं जलपानको प्रायोजन संस्थाकै कोषाध्यक्ष्य रेखा श्रेष्ठद्वारा संचालित टेष्टअफ नेपाल ज्याक्सनहाईट्सले गरेको थियो। न्युयोर्क सिटी कम्प्ट्रोलर ब्राड लेन्डरका सचिवालयका प्रमुख जेम्स् मोंगेलुजोले न्युयोर्क सिटी कम्प्ट्रोलर ब्राड लेन्डरले फाउण्डेशनका कृयाशील सदस्यहरु समाजमा स्वयंसेवक भएर योगदान पुर्याउॅंनु भएकाहरुलाई सम्मान पत्र हस्तान्तरण गर्नु भयो।
स्मरण रहोस् जिपि फाउन्डेसन अमेरीका च्याप्टरले निरन्तर विभिन्न कार्यक्रमहरु मार्फत प्रवासमा रहेका नेपालीहरुको भावना समेत समेट्दै विभिन्न मानवीय सहायता एवं रचनात्मक तथा समय सापेक्षीत कार्यक्रमको माध्यमबाट नेपाल र नेपालीहरुलाई भौतीक एवं भावनात्मक रूपमा जोड्न समाजका विभिन्न तहतप्काका व्यतित्व एवं सामाजिक संस्थाहरुसँग हातेमालो गरी यथासक्य प्रयास गरीरहेको छ।
प्रतिक्रिया